भारतमा कियामाथि १५ करोड ५० लाख डलर कर छलेको आरोप

भारत सरकारले किया मोटर्समाथि १५० मिलियन डलरको आयात कर छल्न कम्पोनेन्ट आयातलाई गलत वर्गीकरण गरेको आरोप लगाएको छ ।

मिडिया रिपोर्टका अनुसार कार निर्माताले कार्निवल एमपिभीको एसेम्बलीका लागि आयात गरिएका केही कम्पोनेन्टहरू गलत घोषणा गरेर कर छली गरेको आरोप लगाएको हो । भारतीय कर अधिकारीहरूले गत वर्ष अप्रिलमा किया मोटर्स इन्डियालाई १३.५ अर्ब रुपैयाँको गोप्य कर सूचना पठाएका थिए ।

कियामाथि कार्निभलका लागि ९० प्रतिशतभन्दा बढी पार्टपुर्जा आयात गरेको आरोप लगाइएको छ । सिकेडी आयातमा उच्च कर लाग्ने हुँदा त्यसलाई छल्न कम्पनीले गडबड गरेको हो ।

यस विषयमा प्रतिक्रिया दिँदै किया इन्डियाले प्रमाण र कागजातसहितको विस्तृत जवाफ पेश भइसकेको र अधिकारीहरूले यस विषयमा अझै समीक्षा गरिरहेको बताए । यदि दोषी पाइयो भने, कियाले ठूलो जरिवानाको सामना गर्न सक्छ र ३१० मिलियन डलर सम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

यसअघि, स्कोडा अटो तथा फक्सवागन इन्डियालाई पनि सोही कारणले १.४ बिलियन डलरको कर छलीको सूचना दिइएको थियो । कम्पनीले करको माग खारेज गर्न भारतीय अधिकारीहरूलाई मुद्दा हालेको छ ।

सम्बन्धित समाचारहरू

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

अब अटोमेटिक विकल्पसहित किया सोनेटको नयाँ भेरिएन्ट

किया इन्डियाले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी सोनेटको अटोमेटिक...

हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक

हेलो किया पिकान्टो २०२४, लुक र फिचरमा परिमार्जन सहित सार्वजनिक

किया पिकान्टो नयाँ भर्सनमा सार्वजनिक भएको छ । कोरियामा सार्वजनिक गरिएको...

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

इलेक्ट्रिक सनरुफसहितको किया सोनेट अटोमेटिक अब नेपालमा

काठमाडौं – नेपाली बजारमा किया सोनेटको अर्को भेरिएन्ट एचटीएक्स एटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...