सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ
काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...
काठमाडौं – सरकारले गाडी र मोटरसाइकलका साथै विभिन्न वस्तुहरुमा लगाइएको प्रतिबन्धलाई असोज २८ गते सम्म बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जिप, कार, भ्यान तथा १५० सीसी भन्दा माथिका मोटरसाइकल आयात माथिको प्रतिबन्ध सो अवधि सम्म बढाउने जानकारी दिएको हो ।
सरकारले ४ प्रकारका वस्तुको आयात लम्ब्याएको हो । यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ ।
यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । आयात प्रतिबन्धले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा समेत सुधार देखिएको छ ।
सरकारले गत बैशाख १४ गते देखि असार मसान्त सम्मका लागि भनेर २५० सीसी भन्दा माथिका मोटरसाइकल र जिप, कार, भ्यान लगायतका सवारी साधन आयातमा प्रतिबन्ध लगाएकोमा असार मसान्त पश्चात त्यसलाई भदौ १४ सम्मका लागि समय सीमा बढाएको थियो । पहिले २५० सीसी माथिका मोटरसाइकल आयात गर्न नपाइने भएकोमा पछि १५० सीसी माथिका मोटरसाइकल समेत आयात गर्न नपाइने नियम बनाइएको थियो ।
काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...
नेपालमा सवारी साधन र यससँग सम्बन्धित विभिन्न पार्ट्स तथा एसेसरिजहरुको...
स्वदेशमै गाडीको उत्पादन गर्न अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...