हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदै, सन् २०२७ सम्म लन्च हुने सम्भावना
हुन्डाईले विकास गरिरहेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पछिल्ला केही...
काठमाडौँ–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाइट’ अभियान सुरु गरेको छ । २५ डिसेम्बर २०२५ देखि चल्ने यस अभियानमा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरुलाई सिमित अवधिका लागि विविध आकर्षक छुट तथा विशेष सुविधाहरु उपलब्ध गराइनेछ ।
यस अभियान अन्तर्गत, ग्राहकले ५ लाख सम्मको छुट र छानिएको मोडलहरूमा १ लाख सम्मको नयाँ वर्ष बोनस प्राप्त गर्न सक्नेछन् । साथै, १ वर्षको निःशुल्क बीमा सेवा र निःशुल्क सडक करको पनि लाभ लिन सकिनेछ ।

हुन्डाईका सबै गाडीमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीको भनाई छ ।
देशभर रहेका हुन्डाई शोरूमहरूमा उपलब्ध यी सीमित अवधिका अफरहरूको भरपूर लाभ लिन कम्पनीले आफ्ना ग्राहकहरूलाई आह्वान गरेको छ । यस योजनाले आकर्षक छुट र सुविधामार्फत ग्राहकलाई हर्ष र उमङ्ग बाँड्ने प्रयास गरेको छ ।
विगतमा जस्तै भविष्यमा पनि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सदैव आफ्ना ग्राहकप्रति सहज सुविधा र मैत्री अनुभव प्रदान गर्ने दृढ संकल्प लिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...