बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतमा हाल मिड साइज एसयूभीको ३ पंक्तिको एडिशनको ट्रेड चलिरहेको छ । जसमा प्रमुख हेक्टरमा आधारित एमजी हेक्टर प्लस र ह्यारियरमा आधारित टाटा ग्रेभिटास नाम प्रमुख रहेको छ । एमजी मोटर्सले हेक्टर प्लस लन्च गरिसकेको छ । जबकि टाटा मोटर्स ग्रेभिटास फेब्रुअरी २०२१ मा लन्च हुनेछ ।
किया मोटर्सले पनि ३ पंक्ति अर्थात थ्री रो भएको किया सेल्टोस एमपीभी लन्च गर्ने सम्भावना रहेको छ भने हुन्डाई पनि सोही ३ पंक्ति भएको हुन्डाई क्रेटा अर्थात अल्काजारमा काम गरिरहेको छ । २०२१ मा ७ सिटर क्रेटा भारतमा लन्च गर्ने सम्भावना रहेको छ । सो कार भारतमा परीक्षणको समयमा देखा परेको थियो ।
१. एक्सटेरियर
सात सिट भएको एसयूभी अपडेटेड फ्रन्ट ग्रिल, अतिरिक्त रियर क्वार्टर, रिडिजाइन गरेको सी–पिलर र ५ सिट भएको क्रेटाको तुलनामा ठूलो रियर ओभरह्याङ हुने सम्भावना रहेको छ । परीक्षणको समयमा देखा परेको एसयूभी अनुसार ३ पंक्ति एसयूभीको लागि टेलल्याम्प पुनः डिजाइन गरिएको छ । सो कारमा डोनर जस्तै एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी टेल लाइट, फ्रन्ट र रियर फक्स स्किड प्लेट, रुफ रेल्सको साथ डायमन्ट कट अलोय ह्विल समावेश गरिएको छ ।
२. इन्टेरियर र फिचर
सो कारको क्याबिन केही हदसम्म अपरिवर्तित हुने अनुमान गरिएको छ । फिचरको कुरा गर्ने हो भने सो कारमा एन्ड्रोयड अटो र एपल कारप्ले कनेक्टिभिटीको साथमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट युनिट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, लेदर अपहोल्स्ट्री, वायरलेस चार्जर, हुन्डाई ब्लुलिंक कनेक्टेड टेक्नोलोजी, एयर प्यूरिफायर र रियर भ्यु मिरर समावेश गरिनेछ ।
सेफ्टीको लागि सो कारमा ६ एयरब्याग, टायर प्रेशर मर्निटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल असिस्ट कन्ट्रोल, ड्राइभ रियर भ्यु मोनिटर, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ट्रयाक्सन कन्ट्रोल र रियर डिस्क ब्रेक समावेश गर्ने सम्भावना रहेको छ ।
३. पावरट्रेन
हुन्डाई क्रेटा ७ सिटर एसयूभीको इन्जिन सेटअप ५ सिटर मोडल समान हुनेछ । यसमा १.४ लिटर टर्बाे पेट्रोल (१४०बीएचपी), १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल (११५बीएचपी) र १.५ लिटर टर्बाे डिजेल (११५बीएचपी) को साथ ३ विकल्प रहेको छ । सो कारमा ४ गियरबक्स जसमा ६ स्पिड म्यानुअल, ६ स्पिड टर्क कन्वर्टर अटोमेटिक, आईभीटी र ७ स्पिड डीसीटी गियरबक्सको विकल्प रहेको छ ।
४. लन्च र मूल्य
हुन्डाईले भारतमा ७ सिटर क्रेटा २०२१ को मध्यमा लन्च गर्ने सम्भावना रहेको छ । यद्यपि यसको आधिकारिक घोषणा हुन बाँकि छ । सो कारको मूल्य ५ सिटर मोडल भन्दा १ लाख देखि १ लाख ५ हजार भारुसम्म महँगो हुने अनुमान गरिएको छ । हाल क्रेटाको मूल्य ९ लाख ८१ हजार देखि १७ लाख ३१ हजार भारु रहेको छ ।
५. प्रतिस्पर्धा
भारतमा ७ सिटर हुन्डाई अल्काजार एसयूभीको एमजी हेक्टर प्लस, टाटा ग्रेभिटास र नयाँ जेनेरेसन महिन्द्रा एक्सयूभी५०० सँग प्रतिस्पर्धा हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...