हुन्डाईको सबै कारमा अव ६ वटा एयरब्याग
हुन्डाई इन्डियाले आफ्नो सबै मोडलमा ६ वटा एयरब्याग अनिबार्य गर्ने उद्घोष...
हुन्डाई मोटरले आफ्नो सस्तो एसयूभी भेन्यु एक्जिक्युटिभ टर्बाे भेरिएन्ट भारतीय बजारमा लन्च गरेको छ । कम्पनीले नयाँ भेन्यू एक्जिक्युटिभ भेरिएन्टमा राम्रो परफर्मेन्स पावर र नयाँ फिचरको साथ प्रस्तुत गरेको छ । कम्पनीले यसमा इलेक्ट्रिक सनरुफका साथै म्याप ल्याम्पको सुविधा पनि थपेको छ । कम्पनीले भेन्युको एस (ओ) टर्बो भेरिएन्टमा पनि अपडेट गरेको छ ।
भेन्यूको एक्जिक्युटिभ भेरिएन्टमा १ लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन दिइएको छ, जसले १२० पीएसको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ट्रान्समिसनका लागि ६ स्पिड म्यानुअल गियरबक्सको विकल्प रहेको छ । साथै यसको माइलेज सुधार गर्न आईएसजी फिचर पनि दिइएको छ ।
नयाँ एक्जिक्युटिभ भेरिएन्टमा ड्युअल टोन स्टाइलको १६ इन्चको अलोय ह्विल समावेश छ । साथै यसमा डार्क क्रोम फ्रन्ट रेडिएटर ग्रिल, रूफ रेल, शार्क फिन एन्टेना र एक्सटेरियरमा एक्जिक्युटिभको ब्याजिङ दिइएको छ ।
यसको इन्टेरियरमा फ्रन्ट सेन्टर आर्मरेस्ट, २ स्टेप रियर रिक्लिनिङ सिट, ६०ः४० स्प्लिट सिट, एड्जस्टेबल हेडरेस्ट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, डिजिटल क्लस्टर, टीएफटी, एमआईडी, स्टेयरिङ माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, रियर वाइपर र वाशर जस्ता फिचर प्रदान गरिएको छ ।
एक्जिक्युटिभमा सेफ्टीका लागि कम्पनीले ६ वटा एयरब्याग, सबै सिटमा सिट बेल्ट रिमाइन्डर, ईएससी, भीएसएम, एचएसी, डे–नाइट आईआरभीएम, अटोमेटिक हेडल्याम्प र हाइलाइनमा टीपीएमएस जस्ता फिचर समावेश गरिएको छ ।
कम्पनीले भेन्युको एक्जिक्युटिभ भेरिएन्टको मूल्य ९ लाख ९९ हजार ९९० भारु राखेको छ । म्यानुअल भेरिएन्टको १० लाख ७५ हजार र ७डीसीटी भेरिएन्टको मूल्य ११ लाख ८५ हजार भारु राखिएको छ ।
हुन्डाई इन्डियाले आफ्नो सबै मोडलमा ६ वटा एयरब्याग अनिबार्य गर्ने उद्घोष...
हुन्डाई स्यान्ट्रो पहिलो पटक नेपाल भित्रिँदा साना गाडीको बजारमा जापानी...
हुन्डाईले गत वर्ष सार्बजनिक गरेको स्पोर्ट्स कार एन भिजन ७४ को कन्सेप्टलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...