हुन्डाई भेन्यू र किया सोनेटलाई टक्कर दिन सिट्रोन सी३ सार्बजनिक, छिट्टै औपचारिक लन्च हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले आज ग्लोबल प्रिमियर मार्फत नयाँ कम्प्याक्ट एसयूभी सी३ सार्बजनिक गरेको छ । ल्याटिन अमेरिका र भारत लगायत आसपासको बजारलाई लक्षित गरी उत्पादन गरिएको यो एसयुभीलाई छिट्टै भारतीय बजारमा औपचारिक लन्च गरिने बताइएको छ । यसको सिधा टक्कर हाल बजारमा उपलब्ध हुन्डाई भेन्यू, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन, होन्डा डब्लुआरभी, निशान म्याग्नाइट र रेनो काइगर लगायतसंग हुनेछ ।

एकबर्षअघि भारतीय बजारमा सी५ एयरक्रस लान्च गरेर चर्चामा आएको सिट्रोनले भारत लगायत यस आसपारका क्षेत्रमा कम मूल्यका कम्प्याक्ट एसयुभीको माग बढ्न थालेपछि सी३ लाई बजारमा उतार्ने निर्णय लिएको थियोे । यो एसयुभीको फ्रन्ट ग्रिल यसअघिको सी५ मा जस्तै फराकिलो देखिन्छ । जहाँ डबल लेयर हेडल्याम्प क्लस्टलाई आकर्षक तवरबाट समायोजन गरिएको छ । तस्बिरमा देखाइएका अनुसार यसको एक्सटेरियर डुअल टोन कलरमा आधारित छ ।

त्यसैगरी स्पोर्टी देखिने एलोई ह्विल, सी सेप एलइडी टेल ल्याम्प, टु टोन बम्पर, फ्रन्ट एन्ड रियर स्किड प्लेट र टेलगेटमा बिचमा दिइएको ठूलो आकारको सिट्रोन लोगोले यसलाई आकर्षक र स्पोर्टी बनाएको छ । यो एसयुभीमा १.२ लिटर क्षमताको टर्बो चार्जड् पेट्रोल इन्जिन जडान गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै डुअल क्लच अटो अप्सनमा समेत यो एसयुभी उपलब्ध हुने बताइएको छ । मूल्य नखुलाइएपनि यसलाई प्रतिस्पधी ब्रान्डको यहि सेग्मेन्टका अन्य एसयुभीकै हाराहारीमा उतारिने जनाइएको छ ।

भारतीय बजारमा लन्च भएलगत्तै यो एसयुभी नेपाल भित्रिने सम्भावना उच्च छ । नेपाली बजारमा सांग्रिला मोटर्सले यसको आधिकारिक बितरकका रुपमा कारोबार गर्दै आइरहेको छ । यसअघि ड्याट्सन गाडीको शोरुम रहेको स्थानमा कम्पनीले सिट्रोनको सुबिधासम्पन्न शोरुम तयार गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

जुलाईमा लन्च हुँदै सिट्रोन सी३, यस्ता विशेषता भएको कम्प्याक्ट एसयूभी नेपाल आउन सक्ने

जुलाईमा लन्च हुँदै सिट्रोन सी३, यस्ता विशेषता भएको कम्प्याक्ट एसयूभी नेपाल आउन सक्ने

सिट्रोनले जुलाईमा भारतीय बजारमा सी३ कम्प्याक्ट एसयूभी लन्च गर्ने तयारी...

चेरी टिग्गो ७ प्रो अब नेपालमा : उही मूल्यमा माइलेज र सेफ्टीयुक्त माथिल्लो लेवलको गाडी

चेरी टिग्गो ७ प्रो अब नेपालमा : उही मूल्यमा माइलेज र सेफ्टीयुक्त माथिल्लो लेवलको गाडी

काठमाडौं – नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

सामन्यत गाडी किन्ने ग्राहकले उक्त गाडीको लुक्स तथा डिजाइन, पावर तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...