चैत १९ सम्म हुन्डाई गाडी किन्दा यस्तो नगद र विभिन्न छुट पाइने
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...
काठमाडौं – नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्युको नयाँ भेरिएन्ट ‘भेन्यु ई’ को उत्पादन पनि सुरु गरेको छ। कर्पोरेसनले यो भन्दा पहिले २०२४ मे बाट भेन्यु एस र एसएक्स उत्पादन सुरु गरेको थियो। लक्ष्मी मोटर कर्पोरेसन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।
कम्पनीले नेपालमा हुन्डाई भेन्युको व्यावसायिक उत्पादन सुरु गरिएसँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ। हुन्डाई भेन्यु ईको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ।
हाल नेपालमा उपलब्ध भेन्युका अरु भेरिएन्ट मध्ये भेन्यु (एस) को मूल्य ४४ लाख ९६ हजार र भेन्यु –एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्युमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।
लक्ष्मी मोटर कर्पोरेसनले थप भेरिएन्ट तथा अरु मोडलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...
हुन्डाईले आधिकारिक लन्च अगावै आफ्नो बहुप्रतिक्षित क्रेटा ईभी सार्वजनिक...
काठमाडौं– हुन्डाई मोटर्स इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ भेन्यु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...