भारत मोबिलिटी एक्सपोमा हुन्डाईको फ्ल्यागशिप ईभी ‘आयोनिक–९’ अवलोकन गर्न पाइने

हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक–९ भारतमा जनवरी २०२५ मा हुने भारत मोबिलिटी एक्सपोमा शोकेस हुने भएको छ । आयोनिक–९ लाई हुन्डाइले यसै वर्ष अमेरिकामा आयोजना भएको एलए अटो शोमा ग्लोबल डेब्यु गरेको थियो ।

हुन्डाईको ई–जिएमपी मोड्युलर प्लेटफर्ममा निर्माण गरिएको आयोनिक–९ को लम्बाई ५,०६० मिमी, चौडाइ १,९८० मिमी र उचाइ १,७९० मिमी छ । यसमा ३,१३० एमएमको ह्वीलबेस छ ।

सो नयाँ एसयुभीमा एलईडी हेडल्याम्प र ब्रान्डको प्यारामेट्रिक पिक्सेल इन्सर्टसहितको टेललाइटहरू, अगाडिको भागमा एलईडी लाइट बार, रिट्र्याक्टेबल डोर ह्यान्डल र २१ इन्चको ह्विल सहति गोलाकार फ्रन्ट फेसिया दिइएको छ ।

६ र ७ सिटर कन्फिगरेसनमा प्रस्ताव गरिएको ईभीको अगाडी सिटमा मसाज फंक्सन र दोस्रो रोमा घुमाउन मिल्ने सिट राखिएको छ । साथै, यसमा प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्टका लागि १२ इन्चको डुलअ स्क्रिन, स्क्रिन, मल्टि–जोन क्लाइमेट कन्ट्रोल, रूफ–माउन्टेड एयर भेन्ट्स र १४–स्पीकर बोस साउन्ड सिस्टम उपलब्ध छ ।

आयोनिक–९ को लङ रेन्ज ट्रिममा हुन्डाईले ११०.३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ । यो रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुबै विकल्पमा उपलब्ध छ । सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दावी गरिएको आयोनिक–९ लाई स्टार्ट गरेको ५.२ सेकेन्डमै शून्यदेखी १०० किलोमिटर सम्मको गतिमा हाँक्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु

फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु

काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी...

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

६ भेरिएन्टमा आयो क्रेटा ईभी, मूल्य कती ?

हुन्डाईले आफ्नो बहुप्रतिक्षित एसयूभी क्रेटा इलेक्ट्रिक लन्च गरेको छ । सो...

चिसो मौसममा परीक्षण हुँदै गर्दा देखियो क्रेटा ईभी

चिसो मौसममा परीक्षण हुँदै गर्दा देखियो क्रेटा ईभी

हुन्डाई क्रेटाको ईभी भर्सन भारतमा एकपटक फेरी देखापरेको छ । भारतको विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...