ओरा ५ को दुई नयाँ भेरियन्ट आउँदै, टिजरमा देखियो झनै स्पोर्टी र आक्रामक
काठमाडौं–ग्रेट वाल मोटर (जीडब्लूएम) को चर्चित ब्रान्ड ओराले आफ्नो...
हुन्डाईले विकास गरिरहेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पछिल्ला केही महिनायता पटक–पटक परीक्षणका क्रममा देखिएको छ। रिपोर्टका अनुसार सो मोडल सन् २०२६ को अन्त्यतिर वा सन् २०२७ को सुरुआतमा लन्च हुन सक्ने अनुमान गरिएको छ।
नयाँ इलेक्ट्रिक एसयूभीको सबैभन्दा आकर्षक पक्ष यसको रेन्ज हुने बताइएको छ। यसले फुल चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने अनुमान गरिएको छ । कम्पनीले यसमा २ वटा ब्याट्री विकल्प उपलब्ध गराउने र ठुलो ब्याट्रीले ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिने सम्भावना रहेको छ।
यसको लुक हुन्डाई भेन्युसँग मिल्दोजुल्दो भए पनि डिजाइन भने कम्पनीका अन्तर्राष्ट्रिय इलेक्ट्रिक मोडलबाट प्रेरित देखिन्छ। गाडीमा माथिल्लो भागमा स्प्लिट एलईडी डेटाइम रनिङ लाइट, बम्परको तल्लो भागमा मुख्य हेडलाइट, फ्लस डोर ह्यान्डल, कालो रङका रुफ रेल्स, करिब १६ इन्चका एरोडाइनामिक अलोय ह्विल, रुफ स्पोइलर र भर्टिकल रियर रिफ्लेक्टरहरू समावेश हुने अपेक्षा गरिएको छ।
यसको इन्टेरियरमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, कनेक्टेड कार टेक्नोलोजी र लेभल–२ एडास उपलब्ध हुने सम्भावना छ। ठुलो ब्याट्री प्याक भएको भेरिएन्टमा डीसी फास्ट चार्जिङ सुविधा पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ। साथै ब्याट्री थर्मल म्यानेजमेन्ट सिस्टम, रिजेनेरेटिभ ब्रेकिङ र कनेक्टेड चार्जिङ जस्ता आधुनिक फिचर पनि समावेश हुनेछ ।
साथै यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ओभर-द-एयर सफ्टवेयर अपडेट, वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, प्यानोरामिक सनरुफ, ३६० डिग्री क्यामेरा, लेभल–२ एडास, ६ वटा एयरब्यागका साथमा अन्य सेफ्टी फिचर पनि उपलब्ध हुनेछ ।
भारतीय बजारमा लन्च पछि सो एसयूभीले टाटा नेक्सन ईभी, टाटा पन्च ईभी, महिन्द्रा एक्सयूभी ३एक्सओ ईभी र किया साइरोस ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...