चर्चामा १०० किलोवाट मोटरका दुई इलेक्ट्रिक कार, मूल्य लगभग समान
मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...
हुन्डाईले मिड साइज एसयूभी क्रेटा इलेक्ट्रिक भेरिएन्टमा ल्याउने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले यसै वर्षको फेस्टिभ सिजन पछि यसलाई विश्वस्तरमा ल्याउन सक्ने छ । यद्यपि कम्पनीले यस बारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।
हाल नयाँ क्रेटाको इलेक्ट्रिक भर्सन विभिन्न तरिकाबाट परीक्षण भइरहेको छ । सो एसयूभीको इलेक्ट्रिक भेरिएन्ट परीक्षणको क्रममा धेरै पटक देखिएको छ। यसको डिजाइन कम्पनीको क्रेटा फेसलिफ्ट जस्तै हुनेछ । सो एसयूभी विश्व स्तरमा लन्च गरेपछि मात्र भारतीय बजारमा लन्च हुने अपेक्षा गरिएको छ ।
परीक्षणको क्रममा देखिएको क्रेटा इलेक्ट्रिकको फ्रन्ट फेन्डर माउन्टेड चार्जिङ पोर्ट, लोगोको पोजिसनमा परिवर्तन, फ्रन्ट र रियर ब्ल्याक अफ ग्रिलका साथै १७ इन्चको अलोय ह्विल देखिएको छ । कम्पनीले क्रेटाको इलेक्ट्रिक भेरिएन्टमा आईसीई भेरिएन्टको जस्तै फिचर उपलब्ध गराउने सम्भावना छ, जसमा ३६० डिजी क्यामेरा, एडीएएस र प्यानोरामिक सनरुफ जस्ता केही फिचर समावेश छ ।
कम्पनीले यसको उत्पादन भेरिएन्टमा ५५ देखि ६० किलोवाट क्षमताको ब्याट्री उपलब्ध गराउने अपेक्षा गरिएको छ । जसका कारण एसयूभीले एकै पटक चार्जमा ५०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ ।
मोटर क्षमताका आधारमा कर निर्धारण भएसँगै नेपालमा कम मोटर क्षमताका...
काठमाडौं – ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना भएको छ ।...
मोटरसाइकल स्टार्ट गर्नका लागि किक स्टार्टको सुविधा धेरैले पहिले देखि नै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...