हुन्डाईको सबै कारमा अव ६ वटा एयरब्याग
हुन्डाई इन्डियाले आफ्नो सबै मोडलमा ६ वटा एयरब्याग अनिबार्य गर्ने उद्घोष...
हुन्डाईले आफ्नो अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्बजनिक गरेको छ । क्यास्पर एसयूभीमा आधारित सो नयाँ ईभी ब्रान्डको सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती विद्युतीय गाडी हुने जनाइएकोे छ ।
नयाँ ईभी ३८२५ एमएम लामो, १६१० एमएम चौडा र १५७५ एमएम अग्लो छ । साथै यसको ह्विलवेश २५८० र बुट स्पेस २८० लिटर छ ।
क्यास्परकै डिजाइन क्यूमा तयार पारिएको सो ईभीको हेडल्याम्प क्लस्टरको वरिपरि गोलाकार एलईडी डिआरएलएस र पिक्सेल–थीम्ड टर्न सिग्नल राखिएको छ । अगाडि एएएस सेन्सरहरू, चार्जिङ पोर्ट र हेडल्याम्प यूनिटको बीचमा क्यामेरा दिइएको छ ।
कारको ड्यासबोर्डमा १०.२५ इन्च लामो दुईवटा स्क्रिन राखिएको छ । जसले डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा काम गर्नेछ । साथै यसमा अटो क्लाइमेट कन्ट्रोल, मल्टि–फंक्सन स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिटहरू, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र फुल एडास सुइट समावेश गरिएको छ ।
यो नयाँ ईभी ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । यसमा जडान गरिएको सिंगल मोटरले क्रमशः ९५ बिएचपी तथा ११३ बिएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्दछ । सिंगल चर्जमा ३५५ किलोमिटर रेन्ज दिने दावी गरिएको हुन्डाई इन्स्टरलाई १२० किलोवाट क्षमताको डिसी चार्जरले ३० मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
हुन्डाई इन्डियाले आफ्नो सबै मोडलमा ६ वटा एयरब्याग अनिबार्य गर्ने उद्घोष...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
नेपाली बजारमा एसयूभी सेगमेन्ट अन्तर्गत विभिन्न कम्पनी बीच प्रतिस्पर्धा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...