हुन्डाईले पाँच वर्षमै भारतमा बिक्री ग-याे ११ लाख सनरुफ कार
हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो सवारी साधनहरूमा उत्कृष्ट सुविधा र...
हुन्डाई मोटर इन्डिया लिमिटेडले भारतमा आफ्नो ३० वर्ष पूरा गर्न लाग्दै गर्दा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले भारतमा प्रवेश गरेदेखि हालसम्म ९० लाख सवारी साधन बिक्री गर्दै ऐतिहासिक रेकर्ड बनाएकाे हो । सन् १९९६ मा स्यान्ट्राे कारमार्फत भारतीय बजारमा पहिलोपटक पाइला टेकेको हुन्डाईले अब आफूलाई देशको दोस्रो ठूलो कार कम्पनीको रूपमा स्थापित गरिसकेको छ।
कम्पनीले सार्वजनिक गरेको अप्रिल २०२५ को बिक्री तथ्यांक अनुसार सो महिनामा हुन्डाईले कुल ६० हजार ७७४ युनिट सवारी साधन बिक्री गरेको थियो । तीमध्ये ४४ हजार ३७४ युनिट भारतको घरेलु बजारमा बिक्री भए भने बाँकी १६ हजार ४०० युनिट अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिएको थियो । गत वर्षको सोही अवधिसँग तुलना गर्दा कम्पनीको निर्यातमा २१.५ प्रतिशतले वृद्धि भएको देखिन्छ। यही अवधिमा, जनवरीदेखि अप्रिल २०२५ सम्म निर्यात वृद्धि १६.२ प्रतिशतको दरले भएको थियो।
हुन्डाई मोटर इन्डियाले विभिन्न वर्गका सवारी साधन उत्पादन तथा बिक्री गर्दै आएको छ। ह्याचब्याक, सेडान, एसयूभीदेखि लिएर इलेक्ट्रिक कारसम्मका मोडल कम्पनीको उत्पादन सूचीमा छ । कम्पनीका अनुसार, भारतीय बजारमा सबैभन्दा लोकप्रिय एसयूभीमध्ये क्रेटा अग्रस्थानमा रहेको छ। यसैगरी आई१० मोडल अन्तर्गतका सवारी साधनले हालै ३० लाख युनिट बिक्रीको कीर्तिमान बनाएको छ, जसले हुन्डाईको बजार प्रभावलाई थप सशक्त बनाएको छ।
हुन्डाईले महाराष्ट्रको तलेगाउँमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। सो प्लान्ट सुरु भएपछि कम्पनीको उत्पादन क्षमता अझ वृद्धि हुने अपेक्षा गरिएको छ। हुन्डाई मोटर इन्डिया लिमिटेडले यस उपलब्धिलाई आफ्नो दीर्घकालीन रणनीति र ग्राहकप्रतिको प्रतिबद्धताको परिणामको रूपमा लिएको छ।
हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो सवारी साधनहरूमा उत्कृष्ट सुविधा र...
दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले भारतको तमिलनाडु राज्यमा...
हून्डाईको सानो एसयुभी एक्स्टर लन्च भएको छोटो समयमै राम्रो संख्यामा वुकिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...