हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो सवारी साधनहरूमा उत्कृष्ट सुविधा र प्रविधिको समावेश गरेर भारतको अटोमोबाइल बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले विगत पाँच वर्षमा सनरुफ भएका ११ लाखभन्दा बढी कारहरू भारतमा बिक्री गरेको छ। यसले स्पष्ट देखाउँछ कि भारतीय ग्राहकहरू अहिले कार किन्दा केवल मूल्य र माइलेज हेर्ने मात्र होइन, सुविधासम्पन्न र प्रिमियम अनुभव चाहने भएका छन्।
२०२४ मा कम्पनीका कुल बिक्रीमध्ये ५२ प्रतिशत कारहरू सनरुफसहितका थिए भने २०२५ मा यो संख्या बढेर ५४ प्रतिशत पुगेको छ। ग्राहकको रोजाइलाई मध्यनजर गर्दै कम्पनीले अझ आधुनिक प्रविधि र नयाँ सुविधासहितका कारहरू बजारमा ल्याइरहेको बताइएको छ।
हाल हुन्डाईले आफ्ना १४ मोडलमध्ये १२ मा सनरुफको सुविधा दिइरहेको छ। कम्पनीले भारतमै प्यानोरामिक सनरुफ निर्माण गर्न सुरु गरिसकेको छ, जसले यसको लागत घटाउनेछ र आम ग्राहकको पहुँचमा ल्याउनेछ। प्यानोरामिक सनरुफले कारको ठूलो भागको छाना ढाक्ने भएकाले यो विशेष सुविधा मानिन्छ।
भारतको अटोमोबाइल बजार तीव्र रूपमा परिवर्तन भइरहेको छ। आजको उपभोक्ता कारमा कम्पनीहरुले इन्धन दक्षता मात्र होइन, सवारीको अनुभव र प्रविधिमा पनि विशेष ध्यान दिन थालेका छन्। यही कारणले गर्दा अहिले विभिन्न कम्पनीहरूले किफायती मूल्यमा पनि सनरुफ सुविधा उपलब्ध गराएका छन् ।
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाईले क्रेटालाई मध्यम आकारको एसयूभीका रूपमा बिक्रीको लागि उपलब्ध...
भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...