हुन्डाईले इलेक्ट्रिक थ्री ह्विलर र फोर ह्विलर सवारी साधन निर्माण गर्ने, टीभीएससँग साझेदारी

हुन्डाई मोटर भारतीय व्यावसायिक बजारमा प्रवेश गर्ने तयारीमा छ । कम्पनीले हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा कन्सेप्ट मोडल इलेक्ट्रिक थ्री ह्विलर E3W र माइक्रो फोर ह्विलर E4W सवारी साधन प्रदर्शन गरेको थियो ।

हुन्डाईले सो मोडल कम्पनीको भिजन ‘प्रोग्रेस फर ह्युमानिटी’ अन्तर्गत तयार गरेको हो । कम्पनीले यसलाई कमर्शियल सेक्टरमा इन्टर सिटी मोबिलिटी र लास्ट माइल मोबिलिटी समाधानको लागि डिजाइन गरेको हो।

यसका लागि कम्पनीले टीभीएस मोटरसँग साझेदारी गरेको छ । सो साझेदारी अन्तर्गत दुवै कम्पनीले संयुक्त रुपमा इलेक्ट्रिक थ्री ह्विलर र माइक्रो फोर ह्विलर सवारी साधन निर्माण गर्नेछ ।

यद्यपि अहिलेसम्म यी दुई कम्पनीबीच साझेदारीका लागि कुनै कागजातमा हस्ताक्षर भएको छैन । तर यी दुई कम्पनी बिच साझेदारी भएमा हुन्डाईले डिजाइन र डेभलपमेन्टमा आफ्नो काम गर्नेछ र टीभीएसले उत्पादन र वितरणको व्यवस्थापन गर्ने सम्भावना छ ।

सम्बन्धित समाचारहरू

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका...

जेनेसिसले २०३० सम्ममा ७ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, हुन्डाई आयोनिक ६ आउने

जेनेसिसले २०३० सम्ममा ७ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, हुन्डाई आयोनिक ६ आउने

हुन्डाई मोटर्सको स्वामित्वमा रहेको कार ब्रान्ड जेनेसिसले आक्रामक...

हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयुभी आयोनिक ९ सार्बजनिक, यस्तो छ विशेषता

हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयुभी आयोनिक ९ सार्बजनिक, यस्तो छ विशेषता

हुन्डाईले आफ्नो अल न्यू फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक ९ लाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...