चार्जिङ स्टेशनसँगै वर्कसप पनि हुने, नौलो अवधारणा ल्याउँदै हुन्डाई नेपाल

काठमाडौं – नेपाली बजारमा हुन्डाई क्रेटा ईभी भित्रिने तयारीमा छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटा ईभी सार्वजनिक गर्ने तयारी गरेको छ ।

भारतमा हुन्डाई क्रेटा ईभी सार्वजनिक भइसकेको छ । नेपाली ग्राहकले पनि यो ईभीप्रति उत्सुकता जनाइरहेका छन् । यो अवस्थामा लक्ष्मी इन्टरकन्टिनेन्टलले भने आवश्यक पूर्वाधारका साथै नेपालमै नौलो अवधारणाको रुपमा चार्जिङ स्टेशनसँगै वर्कसप समेत हुने चार्जसपको अवधारणा ल्याएको छ । यस प्रकारका चार्जसप निर्माण गर्ने कार्य भइरहेको छ ।

ग्राहकहरुलाई चार्जिङ स्टेशनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको छ । चार्ज सपमा गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । यो नेपालमा नै नौलो भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार महेन्द्र राजमार्गमा तीन वटा, वीपी राजमार्गमा एउटा र सिद्धार्थ राजमार्गमा एउटा गरि देशभर ५ स्थानमा चार्ज सप बनाउन पूर्वाधार निर्माणको काम भइरहेको छ । धार्के, चुम्लिङटार, डुम्रेका साथै बिपी हाइवे र पोखराबाट बुटवल जाने सिद्धार्थ हाइवेमा पनि चार्जिङ सप बन्ने छ ।

चार्ज सपमा गुणस्तरीय चार्जिङ स्टेशनका साथै वर्कसपमा हुने सर्भिस, टुल्स र पार्ट्स तथा वेटिङ लाउन्ज लगायतका विभिन्न सुविधा हुनेछ ।

यस्तै, कम्पनीले एसी र डीसी चार्जिङ स्टेशनहरू पनि बिस्तार गर्न लागेको छ । हुन्डाईको एसी चार्जिङ स्टेशन हालसम्म ४५ वटा स्थानमा रहेका छन् । अब थप ५ स्थानमा एसी चार्जिङ स्टेशन स्थापना भएपछि हुन्डाईको एसी चार्जिङ स्टेशनको संख्या ५० पुग्ने कम्पनीले जानकारी दिएको छ ।

हाइवेका मुख्य २५ स्थानमा ४० देखि १०० किलोवाटका जीबीटी तथा सीसीएस चार्जर निर्माण प्रक्रिया अगाडि बढाइएको कम्पनीले जनाएको छ । सुरुमा ५ स्थानमा फास्ट चार्जरसँगै सानो र चुस्त सर्भिस सेन्टर बनाउन लागेको लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

सन् २०२४ : भारतमा हुन्डाईको रेकर्ड हाई सेल

हुन्डाई इन्डियाले भारतको घरेलु बजारमा सन् २०२४ मा रेकर्ड हाई सेल अर्थात...

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा सुरु

नेपालगञ्जमा विद्युतीय ट्याक्सी ‘ई–ड्राइभ नेपाल’को सेवा सुरु

अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई–ड्राइभ...

अलिशा राईको नयाँ रोजाइ: ओमोडा ई–फाइभ, गरियो गाडी डेलिभरी

अलिशा राईको नयाँ रोजाइ: ओमोडा ई–फाइभ, गरियो गाडी डेलिभरी

काठमाडौँ – चर्चित नायिका तथा उद्यमी अलिशा राईले ‘ओमोडा ई–फाइभ लक्जरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...