हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयुभी आयोनिक ९ सार्बजनिक, यस्तो छ विशेषता

हुन्डाईले आफ्नो अल न्यू फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक ९ लाई सार्बजनिक गरेको छ । थ्री रो सिट भएको पहिलो हुन्डाई ईभीका रुपमा आएको सो एसयूभी कोरिया र अमेरिकामा अर्को वर्षदेखी बिक्रीमा जाने जनाइएको छ ।

सो नयाँ एसयुभीको लम्बाई ५०६० एमएम, चौडाई १९८० एमएम र उचाई १७९० एमएम तथा ह्विलबेश ३१३० एमएम छ । ६२० लिटर बुट स्पेस भएको आयोनिक ९ को तेस्रो रोमा राखिएको सिटलाई पुरै फोल्ड गर्दा १३२३ लिटरसम्म पुर्याउन सकिन्छ । साथै यसको रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ भेरिएन्टमा क्रमशः ८८ लिटर र ५२ लिटर फ्रङ्क समेत पाउन सकिन्छ ।

डिजाइनको सन्दर्भमा आयोनिक ९ मा ब्रान्डको प्यारामेट्रिक पिक्सेल र अपराइट टेलगेट सहितको गोलाकार फ्रन्ट एन्ड फिचर दिइएको छ । साथै यसमा १९ र २२ इन्च एलोई ह्विलको विकल्प समेत पाउन सकिन्छ । सो नयाँ एसयुभी १६ वटा कलर अप्सनमा उपलब्ध हुनेछ । सुरक्षाका लागि यसमा १० वाट एयरब्याग र एडास फिचर सामेल गरिएको छ ।

सेभेन सीटर कन्फिगरेसनमा प्रस्ताव गरिएको आयोनिक ९ को अगाडिको दुई रोमा वस्ने यात्रुले मसाज सुविधा समेत पाउनेछन् । साथै यसको दोस्रो रोमा घुम्ने सिट राखिएकाले यात्रुलाई तेस्रो रोमा जान सजिलो हुनेछ । एसयुभीमा प्यानोरामिक सनरुफ, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा इन्फोटेनमेन्टका लागि दुईवटा १२ इन्चको स्क्रिन, मल्टि जोन क्लाइमेट कन्ट्रोल, रूफ माउन्टेड एयर भेन्ट्स, तीनवटै रोमा १०० वाट पावरको युएसवी सी पोर्ट, भेइकल टु लोड फिचर र एउटा १४ स्पिकर वोस सिस्टम सहित ८–स्पीकर साउन्ड सिस्टम समावेश गरिएको छ ।

हुन्डाईको ई–जिएमपी प्लेटफर्ममा आधारित अयोनिक ९ लङ रेन्ज र पर्फमेन्स गरी कुल दुई ट्रिममा उपलब्ध हुने जनाइएको छ । दुबै ट्रिममा ११०.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने यसले सिंगल चार्जमा ६२० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । आयोनिक ९ को लङ रेन्ज ट्रिम रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुबै भेरिएन्टमा उपलब्ध हुनेछ भने पर्फमेन्स ट्रिममा अल ह्विल ड्राइभ सिस्टममात्र पाइनेछ ।

३५० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने सो नयाँ एसयुभीलाई २४ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । एसयूभीलाई २०० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिने दाबी गरिएको छ । हुन्डाईले यसको मूल्य भने सार्बजनिक गरेको छैन ।

सम्बन्धित समाचारहरू

कोरियामा पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्दै हुन्डाई

कोरियामा पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्दै हुन्डाई

हुन्डाइले कोरियामा आफ्नो पहिलो इभी डेडिकेटेड फ्याक्ट्री खोल्ने जनाएको छ ।...

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

१ हजार बढी हुन्डाई कोना नेपाली सडकमा, ४ वर्षको प्रयोगमा ९५ प्रतिशत बढी ब्याट्री हेल्थ

काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई...

जनरल मोटर्सलाई पछि पार्दै हुन्डाई वन्यो विश्वको तेस्रो ठूलो अटो उत्पादक

जनरल मोटर्सलाई पछि पार्दै हुन्डाई वन्यो विश्वको तेस्रो ठूलो अटो उत्पादक

कोरियन अटो निर्माता हुन्डाई विश्वको तेस्रो ठूलो अटो उत्पादक वनेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...