जेनेसिसले २०३० सम्ममा ७ नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, हुन्डाई आयोनिक ६ आउने

हुन्डाई मोटर्सको स्वामित्वमा रहेको कार ब्रान्ड जेनेसिसले आक्रामक तरिकाले इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । कम्पनीले विश्व इलेक्ट्रिक कार बजारमा महत्वपूर्ण स्थान हासिल गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी वर्षदेखि पूर्णरुपमा इलेक्ट्रिक कारको विकासमा काम गर्ने पनि बताएको छ ।

कम्पनीले यो वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । साथै कम्पनीले सन् २०२५ सम्ममा आफ्नो अन्तिम इन्टरनल कम्बसन इन्जिन कार लन्च गर्ने जानकारी दिएको छ । सन् २०३० सम्ममा कम्पनीले १७ नयाँ मोडेलहरू लन्च गर्नेछ, जसमध्ये ७ पूर्ण रूपमा लक्जरी इलेक्ट्रिक कारहरू हुनेछ । यी कारहरू सामान्य प्लेटफर्ममा निर्माण गरिने छ । सो प्लेटफर्म अन्य कारहरूमा पनि प्रयोग गरिनेछ ।

हुन्डाई मोटर्सले आफ्नो आयोनिक इलेक्ट्रिक कार कमन मोडुलर प्लेटफर्ममा विकास गर्दैछ । जेनेसिस पनि यस्तै नयाँ प्लेटफर्ममा विकास गर्नेछ जुन कम्पनीका सबै कारहरूमा समान हुनेछ । आगामी १७ वटा कारमध्ये ११ हुन्डाई ब्याज भएका इलेक्ट्रिक कार र ६ वटा जेनेसिस ब्रान्ड अन्तर्गत विकास भएका कार हुनेछन् । हुन्डाई आयोनिक ६ लाई यस वर्षको अन्तमा विश्व बजारमा बिक्रीको लागि उपलब्ध गराइनेछ, जबकि आयोनिक ७ सन् २०२४ मा लन्च गर्ने निर्धारित गरेको छ ।

जेनेसिसले हाल विश्व बजारमा ५ वटा मोडल बिक्री गरिरहेको छ । जेनेसिसका लक्जरी कारहरूमा जी७०, जी८०, जी९० सलुनको साथै जीभी७० र जीभी८० समावेश छन् । जीभी७० कम्पनीको नयाँ मोडल हो भने जीभी८० एसयूभी तल्लो भेरिएन्टको रूपमा पेश गरिएको छ । जेनेसिस जीभी७० एसयूभीले अन्तर्राष्ट्रिय बजारमा औडी क्यु५, बीएमडब्ल्यु एक्स ३ र मर्सिडिज बेन्ज जीएलसीसँग प्रतिस्पर्धा गर्छ ।

सम्बन्धित समाचारहरू

लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वल गर्ने तयारीमा हुन्डाई मोटर्स

लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वल गर्ने तयारीमा हुन्डाई मोटर्स

हुन्डाई मोटर्सले आफ्नो लक्जरी ब्रान्ड जेनेसीसलाई भारतमै एसेम्वले गर्ने...

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

सन् २०२२ मा हुन्डाईले २ वटा इलेक्ट्रिक कार सहित ५ लक्जरी एसयूभी लन्च गर्ने

हुन्डाई मोटर्सले २०२२ मा एसयूभी सेगमेन्टको ५ नयाँ कारहरू लन्च गर्ने भएको छ...

हुन्डाई भेन्यू अव ‘नाइट एडिसन’मा पनि, यस्ता छन् विशेषता

हुन्डाई भेन्यू अव ‘नाइट एडिसन’मा पनि, यस्ता छन् विशेषता

हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी भेन्यूलाई नयाँ एडिसनमा उतारेको छ । रेगुलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...