चिनियाँ राष्ट्रपतिको आधिकारिक सवारीका रुपमा परिचित बीएआईसी ब्रान्ड नेपाल भित्रिदै
काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको आधिकारिक सवारीका रूपमा...
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी१० एकेडेमी सँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनि एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए । वर्ल्ड कप २०२६ ले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दिएको हो ।
फिफा वर्ल्ड कप २०२६ को अफिसियल पार्टनरका रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन ‘नेक्स्ट स्टार्टस नाउ’ अनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पु¥याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भन्यु, टिम आयोनिक, टिम एक्स्टर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई१० निओस र टिम प्यालिसेड गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक प्रतिस्पर्धापछि टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित रह्यो ।
प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने अवसर प्रदान गरेको कम्पनी भनाई छ । साथै, एजी१० एकेडेमीसँगको सहकार्यमार्फत नेपाली फुटबलको ग्रासरुट विकासमा दीर्घकालीन योगदान पु¥याउने साझा उद्देश्यलाई थप सुदृढ बनाएको छ ।
यस अवसरमा एकजी१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको अभाव कहिल्यै नभएको बताए । ‘यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिन्छन् । हुन्डाई नेपालको यस्तो साथले नेपाली फुटबलको भविष्यलाई अझ बलियो बनाउने विश्वास लिएको छु’ उनले भने ।
हुन्डाई नेक्स्ट जेन कप युवा विकास, समुदायसँगको सहकार्य तथा ग्रासरुट खेलकुद प्रवद्र्धनमार्फत अर्थपूर्ण सामाजिक योगदान गर्ने हुन्डाई नेपालको दीर्घकालीन सोचको प्रतिबिम्ब हो । उक्त प्रतियोगिताको सफल समापनसँगै हुन्डाई नेपालले ग्रासरुट फुटबलको विकास र भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने आफ्नो यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...