हुन्डाई इलेक्ट्रिक गाडीमा प्रि-बजेट अफर, तीन गाडी किन्दा विशेष लाभ
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाईको एक कारले हाइड्रोजन इन्धनका साथ ९ सय किलोमिटरको यात्रा गरेर रेकर्ड कायम गरेको छ । हुन्डाई अष्ट्रेलियाको टिमले र्याली ड्राइभर ब्रेन्डन रिभेसका साथ सो रेकर्ड कायम गरेको हो । सो कारको नाम हुन्डाई नेक्सो हो ।
हुन्डाई नेक्सोले मेलबोर्न देखि ब्रोकन हिल सम्मको सो दुरी पार गरेर रेकर्ड कायम गरेको हो । वास्तविक रुपमा सो कारले यी दुई सहरका बीच रहेको ८८७.५ किलोमिटरको दुरी पार गरेको थियो ।
यो भन्दा पहिले सो रेकडए बर्टान्ड पिकार्डको नाममा थियो, जसले ७७८ किलोमिटरको दुरी पुरा गरेका थिए । रोचक पक्ष के छ भने पहिलेको रेकर्ड पनि हुन्डाई नेक्सोले नै बनाएको थियो । हुन्डाई नेक्सो हाइड्रोजनबाट चल्ने अष्ट्रेलियाको पहिलो कार पनि हो ।
हुन्डाई नेक्सोले आधिकारिक रुपमा सिंगल चार्जमा ६६० किलोमिटरको दुरी तय गर्छ । कम्पनीका अनुसार यो ३ देखि ५ मिनेटमै रिचार्ज हुन सक्छ । ब्रेन्डन रिभेसको सो रेकर्ड ट्रिपलाई कम्प्युटरले पनि रेकर्ड गरेको छ, जस अनुसार सो कारले अझै यो भन्दा पनि धेरै दुरी पार गर्ने सम्भावना छ ।
हुन्डाई नेक्सोले सो दुरी १३ घण्टा ६ मिनेटमा पार गरेको थियो । सो समयमा यसको औसत गति ६६.९ किलोमिटर प्रतिघण्टा थियो ।
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
कोरियन अटो निर्माता हुन्डाई मोटर्सले हाल प्रयोगमा आएको ई–जीएमपी...
हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटाले २०२५ मा अहिलेसम्मकै उच्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...