नेदरल्याण्डले सौर्य उर्जाबाट चल्ने कार निर्माण गर्ने, रेन्ज ६२४ किलोमिटर
नेदरल्याण्डको लाइटइयर कम्पनीले विगत छ वर्षदेखि सौर्य ऊर्जामा चल्ने ईभीमा...
कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका लागि १८.१४ अर्व डलर लगानी गर्ने भएको छ ।
हुण्डाई मोटर्स ग्रुपले आफ्नो योजना सार्वजनिक गर्दै सन् २०३० सम्म विद्युतीय गाडीको उत्पादन, प्रविधि विकास र पाटपुर्जा निर्माण लगायतका अन्य विद्युतीय परियोजनामा १८.२ अर्ब अमेरिकी डलर अर्थात् २३ खर्ब ८५ अर्ब लगानी गर्ने घोषणा गरेको हो ।
यो लगानीसँगै विश्व विद्युतीय अटो बजारमा सन् २०३० सम्म विक्रीका आधारमा तेस्रो ठुलो अटो निर्माता कम्पनी बन्ने योजना समेत कम्पनीको रहेको छ । हुन्डाइ र किया एउटै लगानीकर्ता समूहका ब्रान्ड हुन् । हुण्डाई र कियाबाहेक लक्जरी ब्रान्ड जेनेसिस रहेको अटो समूहले कोरियामा वार्षिक इभी उत्पादनलाई १५ लाख युनिट र विश्वव्यापी मागलाई सन् २०३० सम्ममा ३६ लाख युनिटमा पु¥याउने योजना पनि घोषणा गरेको छ ।
वायु प्रदुषणलाई कम गर्ने योजना अन्तर्गत कम्पनीले पछिल्लो केही समयमा विद्युतीय गाडीमा ठूलो लगानी गर्दै आएको छ । अर्को तर्फ विद्युतीय कारको बजार पनि बढ्दो क्रममा रहेकाले कम्पनीले ठूलो लगानीको निर्णय लिएको हो ।
नेदरल्याण्डको लाइटइयर कम्पनीले विगत छ वर्षदेखि सौर्य ऊर्जामा चल्ने ईभीमा...
काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ...
काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...