भारत र इजरायलले आल्मुनियम एयर ब्याट्री उत्पादन गर्ने, के हो आल्मुनियम एयर ब्याट्री ? कसरी गर्छ काम ?
भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘बी(भी)द चेञ्ज’ अभियान अन्तर्गत ५ दिने हुन्डाई ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ । सो क्याम्प मंसिर २६ देखि प्रारम्भ भएको छ र पुस १ गतेसम्म चल्ने छ ।
हुन्डाईका विद्युतीय सवारी ग्राहकहरूका लागि आयोजना गरिएको यो अभियानले कोना र आयोनिक लाइनअपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको बताएको छ ।
सो कार्यक्रममार्फत प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्य राखिएको छ ।
त्यस्तै कार्यक्रर्यममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्वजाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ ।
यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारीप्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउने कम्पनीको विश्वास रहेको जनाएको छ ।
थापाथलीस्थित हुन्डाईको ईभी शोरुम अगाडि सो कार्यक्रम साताव्यापी रुपमा चल्नेछ ।
भारत र इजरायलले इलेक्ट्रिक सवारी साधनका लागि अत्याधुनिक आल्मुनियम एयर...
स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन्...
भोल्भोले ब्याट्री अत्यधिक तातो हुने समस्याका कारण आगो लाग्न सक्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...