२४ घण्टामै १ लाख ओला इलेक्ट्रिक स्कुटर बुकिङ
भारतमा बुकिङ खुलेको २४ घण्टामै ओला इलेक्ट्रिक स्कुटरले रेकर्ड बुकिङ कायम...
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ‘बी(भी)द चेञ्ज’ अभियान अन्तर्गत ५ दिने हुन्डाई ईभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्पको घोषणा गरेको छ । सो क्याम्प मंसिर २६ देखि प्रारम्भ भएको छ र पुस १ गतेसम्म चल्ने छ ।
हुन्डाईका विद्युतीय सवारी ग्राहकहरूका लागि आयोजना गरिएको यो अभियानले कोना र आयोनिक लाइनअपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने विश्वास कम्पनीले लिएको बताएको छ ।
सो कार्यक्रममार्फत प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारी धनीहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरू र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्देश्य राखिएको छ ।
त्यस्तै कार्यक्रर्यममा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्वजाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्नेछ ।
यी र यस्ता क्रियाकलापले हुन्डाईको विद्युतीय सवारीप्रतिको सफ्टवेयर, प्राविधिक र हार्डवेयरको पक्षबाट पनि प्रतिबद्ध रहेको देखाउने कम्पनीको विश्वास रहेको जनाएको छ ।
थापाथलीस्थित हुन्डाईको ईभी शोरुम अगाडि सो कार्यक्रम साताव्यापी रुपमा चल्नेछ ।
भारतमा बुकिङ खुलेको २४ घण्टामै ओला इलेक्ट्रिक स्कुटरले रेकर्ड बुकिङ कायम...
सन् २००० को सुरुवाती अवस्थामा अहिले जस्तो इलेक्ट्रिक गाडी अर्थात ईभीको...
काठमाडौं – इन्डोनेसियन ब्रान्ड वुलिङको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...