हुन्डाई नेइरा इलेक्ट्रिक प्रोटोटाइप सार्वजनिक

हुन्डाई मोटरले आफ्नो नयाँ नेइरा इलेक्ट्रिक प्रोटोटाइप सार्वजनिक गरेको छ । सो नयाँ मोडलले किया कारेन्स क्लाभिस ईभीमा प्रयोग गरिएको इलेक्ट्रिक प्लेटफर्म साझा गरेको छ।

कम्पनीले यसको बाह्य डिजाइन र क्याबिन उल्लेखनीय परिवर्तन गर्दै यसलाई छुट्टै पहिचान दिएको छ। नेइराको फ्रन्टमा फराकिलो एलईडी लाइटिङ, नयाँ बम्पर र आकर्षक फ्रन्ट फेसिया समावेश गरिएको छ। पछाडिको भागमा पनि नयाँ डिजाइन प्रयोग गरिएको छ, जसले यसलाई आधुनिक र विशिष्ट इलेक्ट्रिक सवारीसाधनको रूप दिएको छ।

गाडीको क्याबिनभित्र ३ पङ्क्तिको सिट व्यवस्था गरिएको छ । यसको डिजाइन किया कारेन्स क्लाभिस ईभीसँग मिल्दोजुल्दो भए पनि यसमा नयाँ शैलीको ड्यासबोर्ड, नयाँ युजर इन्टरफेस र फरक ट्रिम फिनिस प्रयोग गरेको छ।

कम्पनीले हालसम्म नेइराको ब्याट्री क्षमता, चार्जिङ समय र इलेक्ट्रिक मोटरको आउटपुटको बारेमा सार्वजनिक गरेको छैन। तर, किया कारेन्स क्लाभिस ईभीकै प्लेटफर्ममा आधारित भएकाले यसमा पनि समान प्रविधि प्रयोग हुने अनुमान गरिएको छ। हाल किया कारेन्स क्लाभिस ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर क्षमताका ब्याट्री विकल्पमा उपलब्ध छ। यसले १७१ हर्सपावर उत्पादन गर्छ र फुल चार्जमा ४९० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।

हुन्डाईका अनुसार सो मोडल मुख्य रूपमा दक्षिणपूर्वी एसियाली बजारलाई लक्षित गरेर विकास गरिएको हो र उत्पादन संस्करण सबैभन्दा पहिले इन्डोनेसियामा सार्वजनिक हुन सक्ने सम्भावना छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...