अटो एक्सपो २०२५ मा हुन्डाईको आयोनिक९ इलेक्ट्रिक एसयूभी सार्वजनिक, चाँडै लन्च हुने अपेक्षा
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...
काठमाडौं – आगामी असोज ६ देखि ९ गते सम्म भृकुटी मण्डपमा सम्पन्न हुने नाडा ईभी शोमा हुन्डाईले पछिल्लो समयमा नेपाली बजारमा भित्र्याएको इलेक्ट्रिक कार ‘आयोनिक ५’ विशेष आकर्षण हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले सो इलेक्ट्रिक कार प्रदर्शन गर्नेछ ।
हुन्डाई आयोनिक ५ नेपाली बजारमा गत फागुन महिनामा नेपाली बजारमा उपलब्ध गराएको थियो । इलेक्ट्रिक कारमा हुनु पर्ने आकर्षक फिचर भएको र प्रशस्तै चार्जिङ नेटवर्क भएकाले यो कारप्रतिको आकर्षण निकै नै बढेको छ । यद्यपि कम्पनीले ग्राहकको माग अनुसारको संख्यामा उक्त इलेक्ट्रिक कार उपलब्ध गराउन सकेको छैन ।
लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतका अनुसार नाडा ईभी शोमा अवलोकनकर्ताहरुले सो कारको समग्र विशेषता वारेमा बुझ्न सक्ने छन् । नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक कार मध्ये आकर्षक फिचरयुक्त र प्रिमियम भएकाले धेरै अवलोकनकर्ता यसको अवलोकनका लागि झुम्मिने अनुमान गर्न सकिन्छ ।
बजारमा अहिले थुप्रै ब्रान्डका इलेक्ट्रिक कार उपलब्ध भएपनि आयोनिक ५ जत्तिको फिचर्स लोडेड प्रिमियम कार अन्य ब्रान्डसँग नभएका कारण अबको केही समयसम्म यो इलेक्ट्रिक कार चर्चामा रहिरहने र यसले प्रिमियम ईभी खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गरिरहने विश्वास कम्पनीले लिएको छ ।
आयोनिक ५ मा यस्ता छन् फिचर
अन्तर्राष्ट्रिय रुपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लमसेल हुड, एक्टिभ एयर इन्टेक र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ ।
हुन्डाईको नयाँ इलेक्ट्रिक ग्लोबल मोड्युलर प्लेटफर्म अर्थात ई–जीएमपीमा बनेको यो पहिलो कार हो । उक्त प्लेटफर्ममार्फत ब्याट्री इलेक्ट्रिक भेइकललाई फास्ट चार्जिङ गर्न, ड्राइभिङ रेन्ज बढाउन, इन्टेरियर स्पेस बढाउन र बेटर ह्यान्डलिङमा सहयोग प्राप्त हुन्छ । यसका कारण नै आयोनिक ५ को डिजाइन मात्र आकर्षक छैन, यसको इन्टेरियर नै लोभलाग्दो छ भने चार्जिङ र अन्य सुविधा समेत फरक छ ।
यसमा भएको ११८ इन्चको ह्विलबेसका कारण यो अन्य एसयूभी भन्दा लामो छ । यसको इन्टेरियरमा पनि वातावरणमैत्री मेटरियलको प्रयोग गरिएको छ ।
नेपाली बजारमा उपलब्ध आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
यसमा वायरलेस चार्जिङ, फरक खालको स्टेयरिङ ह्विल, आकर्षक इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सोलार चार्जर, ३६० डिग्री क्यामेरा आदि विभिन्न फिचर पाउन सकिन्छ ।
आयोनिक ५ को मूल्य
नेपाली बजारमा भिजन रुफयुक्त आयोनिक ५ बिक्रीका लागि उपलब्ध छ । यसको मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हाल इलेक्ट्रिक कारका लागि बैंकहरुले ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । २० प्रतिशत मात्र डाउन पेमेन्ट गरी बाँकी रकम किस्ताबन्दी रुपमा बुझाउन सकिन्छ ।
नयाँ इलेक्ट्रिक कार सिधै खरिद गर्न वा पुरानो कारसँग एक्सचेन्ज गर्न सकिने सुविधा समेत उपलब्ध हुन्छ ।
हुन्डाई फेस्टिभ डिलाइट २०७९ को सुविधा
लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्ष्यित गरी ‘हुन्डाई फेस्टिभ डिलाइट २०७९’ योजना ल्याएको छ । सो योजना अन्तर्गत हुन्डाईका अन्य गाडीका अतिरिक्त आयोनिक ५ किन्दा समेत विभिन्न छुट र अन्य अफरहरु उपलब्ध हुनेछ ।
यस अनुसार हुन्डाई आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले पनि आकर्षक नगद छुट र स्क्र्याच कार्डमार्फत १ लाख ५० हजार रुपैयाँ सम्म छुट उपलब्ध हुनेछ ।
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...
काठमाडौं–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं – नेपाली बजारमा बिक्री–वितरण भइरहेको हुन्डाईको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...