हुन्डाई आयोनिक ५ बन्यो सबैभन्दा ठूलो उचाई परिवर्तनको यात्रा गर्ने इलेक्ट्रिक कार

हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा पुग्ने प्रयास स्वरुप गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ ।

सो रेकर्ड प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको थियो र यसमा इभो इन्डियाका ड्राइभरहरुको व्यावसायिक टिम सहभागी थिए । यसका लागि आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु ५ हजार ८०२ मिटरको उचाइसम्मको यात्रा गरेको हो ।

कम्पनीका अनुसार सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा ५ हजार ७९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो ।

उक्त असाधारण उपलब्धिका लागि ४ हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ । चुनौतीपूर्ण भौगोलिक बनावट र मौसमको अवस्थामा पनि आयोनिक ५ मा भएको लचिलोपन, एड्भान्स टेक्नोलोजी र सुपेरियर पर्फमेन्सका कारण यो सबै सम्भव भएको कम्पनीको भनाइ छ । यसबाट हुन्डाई आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा एक बेन्चमार्क स्थापित गरेको छ ।

सो अवसरमा हुन्डाई मोटर इन्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर अन्सु किमले हुन्डाई आयोनिक ५ले विद्युतीय कारद्वारा सबैभन्दा ठूलो उचाइ परिवर्तनको गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्दा गौरवान्वित भएको बताए । उनले भने, ‘यो उपलब्धि आयोनिक ५ को नवीनता, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अडिग प्रतिबद्धताको प्रमाण हो । यस्तो चरम अवस्थाहरूमा आयोनिक ५ को प्रदर्शनले यसको इन्जिनियरिङ दक्षता र स्थायित्व प्रतिबिम्बित गर्छ । हुन्डाईमा, हामी सधैँ सीमाहरूलाई चुनौती दिन र ई–मोबिलिटीमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्न प्रतिबद्ध छौं, र यो रेकर्डले हाम्रो ‘प्रोग्रेस फर ह्युमानिटी’ को दृष्टिलाई अझ सुदृढ बनाएको छ।’

हुन्डाई आयोनिक ५ अत्याधुनिक ई–जीएमपी प्लेटफर्ममा विकास गरिएको छ, जसमार्फत स्मार्ट मोबिलिटी अनुभवलाई पुनःपरिभाषित गर्ने गरी डिजाइन गरिएको छ । हुन्डाईको आइकोनिक ‘पोनी’ बाट प्रभावित फ्युचरिस्टिक र प्रोग्रेसिभ डिजाइनयुक्त फिचर भएको आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीमा एक नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ ।

७२.६ किलोवाट आवर ब्याट्रीयुक्त हुन्डाई आयोनिक ५ ले आकर्षक ड्राइभिङ रेन्ज प्रदान गर्नुका साथै यसमा भएका एड्भान्स्ड सेफ्टी र अत्याधुनिक स्मार्ट टेक्नोलोजीका कारण ग्राहकलाई भर्सटाइल ई–मोबिलिटी प्रदान गर्न सक्षम छ ।

सम्बन्धित समाचारहरू

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

सुजुकीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा सार्वजनिक, ५०० किमी रेन्जका साथ एडास २ लगायतका फिचर

मारुती सुजुकीले कम्पनीको पहिलो इलेक्ट्रिक कार ई–भिटारा भारत ग्लोबल...

पहिलो इलेक्ट्रिक स्पोर्ट्स कार नेटा जीटी सार्वजनिक, ६६० किमी सम्म रेन्ज

पहिलो इलेक्ट्रिक स्पोर्ट्स कार नेटा जीटी सार्वजनिक, ६६० किमी सम्म रेन्ज

चाइनिज ईभी ब्रान्ड होजोन अटोको स्वामित्वमा रहेको नेटा अटोले पहिलो...

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक फ्लाइङ फ्ली सी६ सार्वजनिक

दमदार इन्जिन र गडगडाहट आवाजका बाइक उत्पादनका लागि लोकप्रिय मानिएको कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...