आइएमईले ललितपुर महानगरपलिकालाई हस्तान्तरण ग-यो राफ्ट इलेक्ट्रिक स्कुटर
काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...
हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा पुग्ने प्रयास स्वरुप गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ ।
सो रेकर्ड प्रयास हुन्डाई मोटर इन्डिया लिमिटेडले आयोजना गरेको थियो र यसमा इभो इन्डियाका ड्राइभरहरुको व्यावसायिक टिम सहभागी थिए । यसका लागि आयोनिक ५ ले सबैभन्दा धेरै उचाइमा रहेको ड्राइभ गर्न सकिने विन्दु ५ हजार ८०२ मिटरको उचाइसम्मको यात्रा गरेको हो ।
कम्पनीका अनुसार सो यात्रा भारतको सबैभन्दा अग्लो ड्राइभयोग्य प्वाइन्ट समुद्री सतहभन्दा ५ हजार ७९९ मिटर अग्लो स्थानमा रहेको लेह लद्दाखस्थित उम्लिङ लाबाट सुरु भएर समुद्री सतहबाट तीन मिटर गहिराइमा रहेको केरलाको कुट्टानाड पुगेर टुंगिएको थियो ।
उक्त असाधारण उपलब्धिका लागि ४ हजार ९०० किलोमिटरको सहज र जटिलतासहितको यो यात्रा १४ दिनमा पूरा गरेको कम्पनीले बताएको छ । चुनौतीपूर्ण भौगोलिक बनावट र मौसमको अवस्थामा पनि आयोनिक ५ मा भएको लचिलोपन, एड्भान्स टेक्नोलोजी र सुपेरियर पर्फमेन्सका कारण यो सबै सम्भव भएको कम्पनीको भनाइ छ । यसबाट हुन्डाई आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा एक बेन्चमार्क स्थापित गरेको छ ।
सो अवसरमा हुन्डाई मोटर इन्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर अन्सु किमले हुन्डाई आयोनिक ५ले विद्युतीय कारद्वारा सबैभन्दा ठूलो उचाइ परिवर्तनको गिनिज वर्ल्ड रेकर्ड हासिल गरेर इतिहास रचेको देख्दा गौरवान्वित भएको बताए । उनले भने, ‘यो उपलब्धि आयोनिक ५ को नवीनता, प्राविधिक उत्कृष्टता र दिगोपनप्रतिको अडिग प्रतिबद्धताको प्रमाण हो । यस्तो चरम अवस्थाहरूमा आयोनिक ५ को प्रदर्शनले यसको इन्जिनियरिङ दक्षता र स्थायित्व प्रतिबिम्बित गर्छ । हुन्डाईमा, हामी सधैँ सीमाहरूलाई चुनौती दिन र ई–मोबिलिटीमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्न प्रतिबद्ध छौं, र यो रेकर्डले हाम्रो ‘प्रोग्रेस फर ह्युमानिटी’ को दृष्टिलाई अझ सुदृढ बनाएको छ।’
हुन्डाई आयोनिक ५ अत्याधुनिक ई–जीएमपी प्लेटफर्ममा विकास गरिएको छ, जसमार्फत स्मार्ट मोबिलिटी अनुभवलाई पुनःपरिभाषित गर्ने गरी डिजाइन गरिएको छ । हुन्डाईको आइकोनिक ‘पोनी’ बाट प्रभावित फ्युचरिस्टिक र प्रोग्रेसिभ डिजाइनयुक्त फिचर भएको आयोनिक ५ ले इलेक्ट्रिक मोबिलिटीमा एक नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाइ छ ।
७२.६ किलोवाट आवर ब्याट्रीयुक्त हुन्डाई आयोनिक ५ ले आकर्षक ड्राइभिङ रेन्ज प्रदान गर्नुका साथै यसमा भएका एड्भान्स्ड सेफ्टी र अत्याधुनिक स्मार्ट टेक्नोलोजीका कारण ग्राहकलाई भर्सटाइल ई–मोबिलिटी प्रदान गर्न सक्षम छ ।
काठमाडौं – आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा...
हुन्डाईले भारत मोबिलिटी २०२५ अन्तर्गत अटो एक्सपो २०२५ मा प्रिमियम...
हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...