नेपाल भित्रिएको १ वर्षपछि भारतमा लन्च भयो नयाँ टुसान, सुरुवाती मूल्य २७ लाख ७० हजार भारु
हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च...
हुन्डाई मोटर कम्पनीले २४.६ अर्ब डलरको रेकर्ड ब्रान्ड मूल्यांकन हासिल गरेको छ । उक्त मूल्यांकन पछि कम्पनी २०२५ को इन्टरब्रान्ड बेस्ट ग्लोबल ब्रान्ड -यांकिङमा ३० औं स्थानमा दर्ज भएको छ । इन्टरब्रान्ड ग्लोबल ब्रान्ड कन्सल्टिङ फर्म हो । यसले हरेक वर्ष बहुराष्ट्रिय कम्पनीहरूको मूल्यांकन गर्दै आएको छ ।
हुन्डाईका अनुसार, सन् २०१० देखि ब्रान्ड मूल्यमा लगातार बृद्धि हुँदा विगत पाँच वर्षमा यसको मूल्य ७२ प्रतिशतले वृद्धि भएको छ । कम्पनी लगातार दोस्रो वर्ष शीर्ष ३० विश्वव्यापी ब्रान्डहरूमा सूचीबद्ध भएको हो ।
हुन्डाई मोटरको वरीयतामा भएको वृद्धिले यसको बलियो वित्तीय प्रदर्शन, रणनीतिक विश्वव्यापी विस्तार र नवप्रवर्तनमा निरन्तर लगानीलाई प्रतिबिम्बित गरेको जनाइएको छ । २०२४ मा कम्पनीले रेकर्ड राजस्व आर्जन गर्दै भारतमा ऐतिहासिक आईपीओ जारी गरेको थियो ।
हुन्डाईले आफ्नो ब्रान्ड उपस्थितिलाई बलियो बनाउँदै विद्युतीय गतिशीलता र सुरक्षामा पनि आफ्नो नेतृत्वलाई अगाडि बढाउँदै लगेको छ । यी प्रयासहरूले उच्च ब्रान्ड प्रभाव र वृद्धि सम्भावनामा योगदान पुर्याएको कम्पनीको भनाइ छ ।
हुन्डाईले पछिल्लो समय ईभी लाइनअपको विस्तारित दायरादेखि हाइब्रिड प्रविधिसम्म विविध ग्राहक आवश्यकताहरू पूरा गर्नेगरी नयाँ मोडलको विकास गरिरहेको छ । साथै कम्पनीले आफ्नो उपभोक्ता टच पोइन्टहरूलाई बलियो बनाउँदै अमेरिका र युरोपमा मात्र नभई उदीयमान बजारहरूमा समेत ध्यान केन्द्रित गर्दै लगेको छ ।
हुन्डाई मोटर्स इण्डियाले टुसानको चौथो जेनेरेशनलाई आज भारतीय बजारमा लन्च...
हुन्डाई मोटरले आफ्नो सस्तो एसयूभी भेन्यु एक्जिक्युटिभ टर्बाे भेरिएन्ट...
हुन्डाईको फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी आयोनिक–९ भारतमा जनवरी २०२५ मा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...