हुन्डाईको कार लन्च हुनुअघि नै तस्विर लिक, विश्वभर भाइरल !

लामो समयदेखि प्रतीक्षित हुन्डाईको आई२० फेसलिफ्ट मोडलको इन्टेरियर र एक्सटेरियरको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको छ । सो फेसलिफ्टको तस्विर कोरियाली वेबसाइट अटो स्पाईले लिक गरेको हो । हुन्डाईले सो कार केही दिनमा लन्च गर्न लागेको थियो ।

लिक भएको तस्विर अनुसार कारमा केही परिवर्तन देख्न सकिन्छ । कारको फ्रन्टमा अल एलईडी हेडल्याम्प दिइएको छ तर बम्पर धेरै परिवर्तन गरिएको छैन । कारको साइड प्रोफाइलमा कुनै परिवर्तन गरिएको छैन । यद्यपि, यसको अलोयको डिजाइन परिवर्तन गरिएको छ ।

कारको ब्याक प्रोफाइलमा एलईडी इन्सर्ट जेडको आकारमा दिइएको छ । यसको टेलल्याम्प पनि एलईडीको छ । कारको रियर बम्परमा कुनै परिवर्तन छैन तर यसमा नयाँ रिफ्लेक्टर देख्न सकिन्छ । रियर डिफ्युजरमा सिल्भर गार्निस दिइएको छ ।

नयाँ मोडलको इन्टेरियरमा क्याबिन स्पेस र लेआउटमा कुनै परिवर्तन गरिएको छैन । यसलाई पहिले जस्तै ब्ल्याक थिममा दिइएको छ । कारको इन्स्ट्रयुमेन्ट क्लस्टरलाई नयाँ दिइएको छ र यो फुल टीएफटी छ । कारको टप भेरिएन्टमा भेन्टिलेटेड फ्रन्ट सिट दिएको अनुमान गरिएको छ ।

यसका साथै एन्ड्रोइड अटो र एप्पल कार प्लेलाई सपोर्ट गर्ने १०.२ इन्च इन्फोटेनमेन्ट सिस्टम, मल्टि फङसनल स्टेयरिङ ह्विल, वायरलेस चार्जर जस्ता फिचर पनि कारमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालको उद्योग-व्यवसायलाई फर्केर हेर्दा

२०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा केही सकारात्मक काम भएसँगै केही...

जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला

जनवरी १६ मा लन्च हुँदै हुन्डाई क्रेटा फेसलिफ्ट, बुकिङ खुल्ला

हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको फेसलिफ्ट अवतार जनवरी १६ मा भारतीय...

हुन्डाई एक्स्टरको वुकिङ ७५ हजार नाघ्यो, गाडी हात पार्न ९ महिनासम्म कुर्नुपर्ने

हुन्डाई एक्स्टरको वुकिङ ७५ हजार नाघ्यो, गाडी हात पार्न ९ महिनासम्म कुर्नुपर्ने

हून्डाईको सानो एसयुभी एक्स्टर लन्च भएको छोटो समयमै राम्रो संख्यामा वुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...