हुन्डाईले एक्सटरभन्दा सानो एसयूभी लन्च गर्ने
हुन्डाईले भारतमा एक्सटर भन्दा सानो एसयूभी ल्याउने तयारी गरिरहेको छ । यसको...
काठमाडौं - दशै मनाउन आफ्नो घर जाने हुन्डाई ग्राहकहरुको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले “हुन्डाई हाईवे एस्योरेन्सः केयर फ्रि राइड टु होम” सेवा सुरु गरेको छ ।
यो सेवा असोज १४ सम्म बिहान १०ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म उपलब्ध हुनेछ। यस अन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ।
हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना र तनहुँ लगायत देशका महत्त्वपूर्ण राजमार्गमा रहेका ११ प्रमुख स्थानहरुमा गाडीको निःशुल्क २६–पोइन्ट चेकअप सुविधा उपलब्ध गराउने छ।
कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डीसी चार्जरहरू पनि उपलब्ध हुनेछन्। यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य भएको बताइएको छ ।
सन् २०१४ देखि सञ्चालनमा रहेको “हुन्डाई हाईवे एस्योरेन्सः केयर फ्रि राइड टु होम” अभियान हुन्डाईको बिक्री पछिको सेवाको प्रतिबद्धता र समर्पणको प्रमाण भएको कम्पनीको भनाइ छ ।
हुन्डाईले प्रिमियम सवारी साधन उपलब्ध गराउनुका साथै त्यसपछि ग्राहकलाई चाहिने सम्पूर्ण सेवा प्रदान गर्नमा पनि उत्तिकै ध्यान राख्दै आएको बताएको छ।
हुन्डाईले भारतमा एक्सटर भन्दा सानो एसयूभी ल्याउने तयारी गरिरहेको छ । यसको...
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितर लक्ष्मी...
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...