हुन्डाई गाडी खरिदमा ६ लाखसम्म छुट, बम्पर पुरस्कारमा एसयुभी

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं/तिहारलाई लक्षित गरी फेस्टिवल अफर ल्याएको छ । चाडपर्वलाई विशेष र हर्षोल्लासपूर्ण बनाउन विगतका वर्षहरुमा झैं गाडीका साथै अन्य आकर्षक उपहारको योजना ल्याइएको कम्पनीले जनाएको।

कम्पनीका अनुसार यसपटकको योजनामा एक जना भाग्यशाली विजेताले हुन्डाई एसयुभी लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । ‘हुन्डाई फेष्टिभ डिलाइट २०८०’ अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन। साथै एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

बिहीबारदेखि सुरु भएको ‘हुन्डाई फेष्टिभ डिलाइट २०८०’ योजनाको फाइदा नाडा अटो शोमा हुन्डाईका गाडी खरिद गर्नेहरुले पनि पाउने कम्पनीले जनाएको छ। नाडा अटो शो–२०२३ मा ग्राहकले हुन्डाईको बी–५ स्टल भ्रमण गर्न सक्ने कम्नीको भनाई छ।

हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुने जनाइएको छ।

सम्बन्धित समाचारहरू

६ महिनामै १ लाख यूनिट बिक्री भयो नयाँ क्रेटा, नेपालमा उपलब्ध हुँदै

६ महिनामै १ लाख यूनिट बिक्री भयो नयाँ क्रेटा, नेपालमा उपलब्ध हुँदै

काठमाडौं – हुन्डाईको सर्बाधिक सफल एसयूभी क्रेटाको फेसलिफ्ट भर्सन लन्च...

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

‘हुन्डाई फेस्टिव डिलाइट २०७८’ अफरको विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको...

५ लाख छुट र ८ लाख फाइदा हुने हुन्डाई नयाँ वर्ष २०८० अफरको आज अन्तिम दिन

५ लाख छुट र ८ लाख फाइदा हुने हुन्डाई नयाँ वर्ष २०८० अफरको आज अन्तिम दिन

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...