फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु
काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं– सवारीसाधन कारोवारको मुख्य सीजन दशैं-तिहार नजिकिएसंगै बिक्रेता कम्पनीहरुले अहिले धमाधम स्किम ल्याइरहेका छन् । यसरी स्किम लन्च गर्ने कम्पनीमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि अग्रस्थानमा रहँदै आएको छ ।
हुन्डाईले हरेक वर्षको फेस्टिभल सीजनमा आफ्ना ग्राहकलाई लक्षित गरी आकर्षक स्किम ल्याउँदै आएको छ । सोही क्रममा यसपटक कम्पनीले नगद छुट र बम्परमा एकजना भाग्यशाली विजेतालाई एक्स्टर एसयूभी उपहार दिने बताएको छ । एक्स्टरलाई कम्पनीले केहीदिन पहिले सम्पन्न नााडा अटो शोमा लन्च गरेको थियो ।
‘हुन्डाई फेष्टिभ डिलाइट २०८०’ अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
हुन्डाईका सबै गाडीमा कम्पनीले ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध गराउँदै आएको छ । नेपाली बजारमा हुन्डाईका ह्याचब्याक कार ग्रान्ड आई–१० निओस देखी एसयूभीमा भेन्यू, क्रेटा, टुसान र सन्टाफे तथा इलेक्ट्रिकमा कोना र आयोनिक–५ उपलब्ध छन् ।
काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयूभी हुन्डाई भेन्युको भेरिएन्टमा ठूलो...
हुन्डाई क्रेटाको ईभी भर्सन भारतमा एकपटक फेरी देखापरेको छ । भारतको विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...