हुन्डाई एक्स्टरको वुकिङ ७५ हजार नाघ्यो, गाडी हात पार्न ९ महिनासम्म कुर्नुपर्ने

हून्डाईको सानो एसयुभी एक्स्टर लन्च भएको छोटो समयमै राम्रो संख्यामा वुकिङ भएको छ । ३ महिना अघि लन्च भएको सो एसयुभीको वुकिङ अहिले भारतमा ७५ हजार युनिट नाघेको कम्पनीले जनाएको छ । वुकिङ वढेसंगै यसलाई हात पार्न ग्राहकले ९ महिनासम्म कुनुपर्ने अवस्था देखिएको छ । एक्स्टर हालै सम्पन्न नाडा अटो शोमा नेपाल आएपनि हालसम्म बिक्री सुरु भएको छैन ।

बुकिङ बढेसंगै हुन्डाई इण्डियाले सो एसयूभीको उत्पादन बढाउने योजना बनाएको छ । कम्पनीका अनुसार टप स्पेक भेरिएन्टमा ग्राहकले अत्याधिक रुची राखेका छन् । मासिक ६ हजार युनिटका दरले उत्पादन हुँदै आएको एक्स्टरको उत्पादन अहिले बढाएर मासिक ८ हजार पुर्याइएको छ ।

आन्तरिक बजारमै खपत राम्रो रहेका कारण कम्पनीले अन्तराष्र्टिय बजारमा पनि माग अनुसार निर्यात गर्न सकिरहेको छैन । जसको प्रभाव स्वरुप नेपालमा पनि यसको बिक्री शुरु हुन नसकेको आँकलन गर्न सकिन्छ ।

भारतीय बजारमा सुरुवाती मूल्य ६ लाख निर्धारण गरिएको सो एसयूभी कुल ५ भेरिएन्टमा उपलब्ध छ । एक्स्टरमा हुन्डाईले १.२ लीटर फोर सिलिण्डर पेट्रोल इन्जिन जडान गरेको छ । जसको अधिकतम पावर ८३ बीएचपी र टर्क ११४ एनएम रहेको छ । यसमा ५ स्पिड म्यानुअल गेयर वक्स र एएमटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । एक्स्टरमा कम्पनीले प्रशस्तै ‘फस्र्ट–इन–सेग्मेन्ट’ फिचर दिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रियो ७ सिटर हुन्डाई प्यालिसेड, मूल्य २ करोड बढी

नेपाल भित्रियो ७ सिटर हुन्डाई प्यालिसेड, मूल्य २ करोड बढी

काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

कम्प्याक्ट एसयूभीमा प्रतिस्पर्धा गर्न नेपाल आउँदै नयाँ क्रेटा र ग्रान्ड भिटारा, यस्तो छ भिन्नता

कम्प्याक्ट एसयूभीमा प्रतिस्पर्धा गर्न नेपाल आउँदै नयाँ क्रेटा र ग्रान्ड भिटारा, यस्तो छ भिन्नता

प्यासेन्जर कार सेग्मेन्टमा कडा प्रतिस्पर्धा गरिरहेका सुजुकी र...

फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु

फ्युचरिस्टिक डिजाइनमा उपलब्ध इलेक्ट्रिक कार आयोनिक ५ को नेपालमा भयो बिक्री सुरु

काठमाडौं – नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...