स्थापना दिवस अवसरमा लक्ष्मी ग्रुपले मनायो ४८औं कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे
काममाडौं -सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी...
हुन्डाईको सानो एसयूभी एक्सटरको वुकिङ ५० हजार युनिट नाघेको छ । भारतमा जुलाई १० मा औपचारिक लन्च गरिएको सो एसयूभीको वुकिङ मे ८ बाट खुल्ला गरिएको थियो । लन्च हुनु अगाडी एक्सटरको वुकिङ जम्मा १० हजार युनिटमात्र रहेको र त्यसपछिको एक महिनामा ४० हजार युनिट वुक भएको हुन्डाई इन्डियाले जनाएको छ ।
वुकिङ भएको कुल संख्याको लगभग ७५ प्रतिशत हिस्सा सनरुफ भएको भेरिएन्टले ओगटेको कम्पनीले जनाएको छ । एक्सटरको एसएक्स, एसएक्स(अप्सनल) र एसएक्स(अप्सनल) कनेक्ट भेरियन्टमा हुन्डाइले सनरुफ दिएको छ । यसमा दिइएको सनरुफलाई भ्वाइस कमान्डमार्फत एक्टिभेट गर्न सकिन्छ ।
सो एसयूभीको मूल्य भारतीय बजारमा ६ देखी १० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । एक्सटरमा हुन्डाइले १.२ लिटर इन्जिन दिएको छ । जसको पावर ८३ एचपी र टर्क ११४ एनएम रहेको छ । सो एसयूभीमा ड्यास क्याम, अटोमेटिक प्रोजेक्टर हेडल्याम्प, किलेस इन्ट्रि एन्ड गो, ८ इन्चको टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एप्पल कार प्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ र नेभिगेसन लगायत फिचर पाउन सकिन्छ ।
एक्सटर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको एसयूभी हो । नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भदौमा आयोजना हुने नाडा अटो सोमा यसलाई लन्च गर्ने योजना बनाएको छ । नेपाल आउँदा यसको मूल्य ३० देखी ५० लाखसम्म पर्ने अनुमान गरिएको छ ।
काममाडौं -सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी...
नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल...
हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई हाइब्रिड पावरट्रेनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...