हुन्डाई एक्सटरको वुकिङ ५० हजार नाघ्यो, ७५ प्रतिशत सनरुफ भेरिएन्टको

हुन्डाईको सानो एसयूभी एक्सटरको वुकिङ ५० हजार युनिट नाघेको छ । भारतमा जुलाई १० मा औपचारिक लन्च गरिएको सो एसयूभीको वुकिङ मे ८ बाट खुल्ला गरिएको थियो । लन्च हुनु अगाडी एक्सटरको वुकिङ जम्मा १० हजार युनिटमात्र रहेको र त्यसपछिको एक महिनामा ४० हजार युनिट वुक भएको हुन्डाई इन्डियाले जनाएको छ ।

वुकिङ भएको कुल संख्याको लगभग ७५ प्रतिशत हिस्सा सनरुफ भएको भेरिएन्टले ओगटेको कम्पनीले जनाएको छ । एक्सटरको एसएक्स, एसएक्स(अप्सनल) र एसएक्स(अप्सनल) कनेक्ट भेरियन्टमा हुन्डाइले सनरुफ दिएको छ । यसमा दिइएको सनरुफलाई भ्वाइस कमान्डमार्फत एक्टिभेट गर्न सकिन्छ ।

सो एसयूभीको मूल्य भारतीय बजारमा ६ देखी १० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । एक्सटरमा हुन्डाइले १.२ लिटर इन्जिन दिएको छ । जसको पावर ८३ एचपी र टर्क ११४ एनएम रहेको छ । सो एसयूभीमा ड्यास क्याम, अटोमेटिक प्रोजेक्टर हेडल्याम्प, किलेस इन्ट्रि एन्ड गो, ८ इन्चको टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एप्पल कार प्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ र नेभिगेसन लगायत फिचर पाउन सकिन्छ ।

एक्सटर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको एसयूभी हो । नेपालका लागी आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भदौमा आयोजना हुने नाडा अटो सोमा यसलाई लन्च गर्ने योजना बनाएको छ । नेपाल आउँदा यसको मूल्य ३० देखी ५० लाखसम्म पर्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर

८० लाखदेखि १ करोड ४० लाख रेन्जमा हुन्डाई टुसान र जिप कम्पासबीच कडा टक्कर

बिलासी र महंगो एसयूभी चाहनेहरुका लागि नेपाली बजारमा थुप्रै ब्रान्डका...

भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने

भेन्यु पछि आई १० र क्रेटा पनि नेपालमै एसेम्बल हुने

काठमाडौं – लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्यु बजारमा उपलब्ध गराए...

यस्तो छ भारतमा लन्च भएको नयाँ एसयूभी हुन्डाई अल्काजार

यस्तो छ भारतमा लन्च भएको नयाँ एसयूभी हुन्डाई अल्काजार

दक्षिण कोरियाको कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारमा हुन्डाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...