औपचारिक रुपमा सार्वजनिक भयो मेड इन नेपाल हुन्डाई भेन्युको मूल्य, बिक्री–वितरण शुरु
काठमाडौं – नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी...
हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्विल्स अफ चेन्ज’ एक्सचेञ्ज अफर ल्याएको छ ।
बिहीवारदेखी शुरु भएको सो योजना हुण्डाई नेपाल अन्तर्गतको ‘हुन्डाई प्रमिस’ को सहकार्यमा पाँचवटा प्रतिष्ठित कार एक्सचेञ्जहरु सँगको साझेदारीमा ल्याइएको हो । सो योजना अन्तर्गत ग्राहकले आफ्नो कुनैपनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको इन्धनयुक्त वा विद्युतिय कारसंग एक्सचेञ्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
सो योजनामा साझेदारी गर्ने एक्सचेन्ज कम्पनीहरु काठमाण्डौ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप, आरके अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् रहेका छन् । योजना नेपालभरी नै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान कम्पनीले ग्राहकलाई आग्रह गरेको छ ।
अत्यधिक लाभ र विशेषता सहितको यो योजनाले ग्राहकलाई हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा पाँचलाख सम्मकोे नगद छुट, १ लाख ५० हजार सम्मको एक्सचेञ्ज बोनस र २५ हजार सम्मको एसेसरिज पनि उपलब्ध गराउने जनाएको छ । एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ वटा शोरुम तथा १९ वटा सर्भिस सेन्टर र ४३ चार्जिङ्ग पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । कम्पनीले हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध गराउँदै आएको छ ।
काठमाडौं – नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी...
काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...
काठमाडौं – नेपाली बजारमा हुन्डाईको प्रिमियम गाडी प्यालिसेड भित्रिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...