क्यास्पर जस्तो डिजाइन भएको इलेक्ट्रिक माइक्रो एसयूभी हुन्डाई इन्स्टर

हुन्डाईले हुन्डाई इन्स्टर इलेक्ट्रिक माइक्रो एसयूभी सार्वजनिक गरेको छ । इन्स्टर हुन्डाईको इन्ट्री लेभल इलेक्ट्रिक एसयूभी हुनेछ । सो कार लोकप्रिय क्यास्पर सब-कम्प्याक्ट माइक्रो एसयूभीको परिमार्जित इलेक्ट्रिक संस्करण हो। इन्स्टरको अधिकांश डिजाइन क्यास्परसँग साझा गरिएको छ ।

डिजाइनको हिसाबले पनि यो कार क्यास्पर जस्तै देखिन्छ । इन्स्टर ईभीको लम्बाइ ३८२५ एमएम, चौडाइ १६१० एमएम, उचाइ १५७५ एमएम र ह्विलबेस २५८० एमएम छ । यसमा २८० लिटरको बुट स्पेस छ र यसलाई फोल्डिङ रियर सिटको साथ ३५१ लिटरमा विस्तार गर्न सकिन्छ । यसमा पिलर माउन्ट गरिएको रियर डोर ह्यान्डल, रूफ रेल र क्रिजमा कटका कारण यसलाई शार्प लुक दिइएको छ ।

इन्स्टर इलेक्ट्रिकको इन्टेरियर डिजाइन हुन्डाईको अन्य मोडलभन्दा धेरै फरक छ । यसमा इन्स्ट्रयुमेन्ट क्लस्टर,  १०.२५ इन्च इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, स्टेयरिङ कोलम माउन्टेड, ड्राइभ मोड सिलेक्टरसहितको थ्री-स्पोक स्टेयरिङ ह्विल, भेन्टिलेटेड फ्रन्ट सिट, ३६० डिग्री सराउण्ड क्यामेरा, एम्बियन्ट लाइटिङ, ब्लाइन्ड स्पट मनिटर, सनरुफ र एडास जस्ता फिचर हुनेछ ।

इलेक्ट्रिक इन्स्टरमा ४२ किलोवाट र ४९ किलोवाट गरी २ वटा ब्याट्री प्याक प्रदान गरिनेछ । दुबैमा सिंगल इलेक्ट्रिक मोटर हुनेछ, जसमा सानो प्याकको लागि ९५ बीएचपी र ठुलो ब्याट्री प्याकको लागि ११३ बीएचपी, १४७ एनएमको टर्क उत्पादन गर्छ ।

दुबै ब्याट्री प्याकमा निकल कोबाल्ट म्यागनिजको प्रयोग गरिएको छ । इलेक्ट्रिक इन्स्टरले १० सेकेन्डमा १०० किलोमिटरको स्पिड लिन्छ र एक पटक चार्जमा ३५५ किलोमिटरसम्मको ड्राइभ रेन्ज प्रदान गर्न सक्छ

सम्बन्धित समाचारहरू

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

भोलीदेखी हुन्डाईको ‘फेस्टिभ कार्निवल’, यस्ता छन् कार्यक्रमका आकर्षण

काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैं, दिपावली र छठ २०८० को उपलक्ष्यमा...

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...

हुन्डाईले ल्याउने भयो क्रेटाको अझै सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभ, ४ लाख जति कम मूल्य पर्ने

हुन्डाईले ल्याउने भयो क्रेटाको अझै सस्तो भेरिएन्ट एसएक्स एक्जिक्युटिभ, ४ लाख जति कम मूल्य पर्ने

हुन्डाई क्रेटाको लोकप्रियता लगातार रुपमा चुलिदो छ । विभिन्न भेरिएन्टमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...