स्पोर्टी लुकमा हुन्डाई क्रेटा एन लाइन एसयूभी, यस्तो छ फिचर

हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो तेस्रो एन लाइन कार हुन्डाई क्रेटा एन लाइन एसयूभी लन्च गरेको छ । यसको प्रारम्भिक मूल्य १६ लाख ८२ हजार ३०० राखिएको छ र यसको टप भेरिएन्टको मूल्य २० लाख २९ हजार ९०० रहेको छ । क्रेटा एन लाइन कुल ४ भेरिएन्टमा उपलब्ध छ ।

क्रेटा एन लाइनमा विश्व ¥याली च्याम्पियनसिपबाट प्रेरित डिजाइन र स्पोर्टी लुक दिइएको छ । यसमा स्पोर्टी फ्रन्ट ग्रिलमा एन लाइन प्रतीक, नयाँ फ्रन्ट बम्परमा रातो इन्सर्ट, आर१८ साइजको अलोय ह्विल, फ्रन्टमा रातो ब्रेक क्यालिपर र साइड सिल्समा रातो इन्सर्ट समावेश छ, जसले यसको लुकलाई निकै आकर्षक बनाएको छ । साथै यसमा स्पोर्टी स्किड प्लेट रेड इन्सर्ट, स्पोर्टी ट्विन एक्जस्ट र रियरमा एन लाइन ब्याजिङ पनि समावेश छ, जसले यसलाई क्रेटाको पुरानो मोडलभन्दा फरक बनाएको छ ।

हुन्डाई क्रेटा एन लाइनको इन्टेरियर निकै आकर्षक बनाइएको छ । यसमा रातो इन्सर्ट र स्पोर्टी मेटल एक्सेलेटर र ब्रेक पेडलसहितको स्पोर्टी कालो इन्टेरियर दिइएको छ । यसमा फ्रन्ट सिट, स्टेयरिङ ह्विल र गियर नबमा ‘एन’ ब्याजिङ देख्न सकिन्छ ।

सो एसयूभीमा क्रेटा फेसलिफ्टमा जस्तै फिचर प्रदान गरिएको छ । यसमा १०.२५ इन्चको एचडी इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल क्लस्टर, ७० भन्दा बढी ब्लुलिंक कनेक्टेड कार फिचर, ड्युअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, १४८ भन्दा बढी भीआर भ्वाइस कमाण्ड, पानोरामिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट, ८–वे एडजस्टेबल ड्राइभर सिट, इनबिल्ट जियो सावन, ८ स्पीकर भएको बोस प्रिमियम साउन्ड सिस्टम, ड्युअल क्यामेरा ड्यासक्याम, ३६० डिग्री क्यामेरा, ६ एयरब्याग र लेवल २ एडास सहित स्ट्यान्डर्ड र सेफ्टी फिचरले सुसज्जित बनाइएको छ ।

नयाँ क्रेटा एन लाइन १.५ लिटर टर्बो जीडीआई पेट्रोल इन्जिन सहित लन्च गरिएको हो । जसले १६० पीएस पावर र २५३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ७ स्पिड ड्युअल क्लच ट्रान्समिसन र ६ स्पिड म्यानुअल ट्रान्समिसनको विकल्प छ । यसमा प्याडल सिफ्टर र ड्राइभ मोड पनि उपलब्ध छ ।

यसको म्यानुअल ट्रान्समिसन भेरिएन्टको माइलेज १८ किलोमिटर प्रति लिटर र डीसीटी भेरिएन्टको माइलेज १८.२ किलोमिटर प्रति लिटरसम्म छ । सो एसयूभी ८.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिडमा चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई आयोनिक२ को पहिलो टिजर सार्बजनिक, छिट्टै सार्बजनिक हुने

हुन्डाई आयोनिक२ को पहिलो टिजर सार्बजनिक, छिट्टै सार्बजनिक हुने

हुण्डाईले सेप्टेम्बर ९ मा म्युनिखमा हुने आईएए मोबिलिटी शो २०२५ मा अनावरण...

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

हुन्डाई नेपालको Be (v) the Change अभियान अन्तर्गत वृक्षारोपण सम्पन्न

काठमाण्डौ – हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत रातोमाटे डाँडा,...

६५ सेफ्टी फिचर भएको हुन्डाईको नयाँ कार चाँडै लन्च हुँदै

६५ सेफ्टी फिचर भएको हुन्डाईको नयाँ कार चाँडै लन्च हुँदै

हुन्डाईले आफ्नो न्यु जेनेरेशन लक्जरी सेडान भरनाको नयाँ मोडल २१ मार्चमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...