हुन्डाईको सबैभन्दा सानो एसयूभीको नाम हुनेछ क्यास्पर
हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम...
काठमाडौं – केही महिना पहिले भारतमा लन्च भएको हुन्डाई क्रेटा फेसलिफ्ट नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भन्सार प्रयोजनका लागि यसको मूल्य सूची सार्वजनिक गरेको छ ।
क्रेटा फेसलिफ्ट विभिन्न ७ भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य ५५ लाख ९६ हजार देखि ८५ लाख ९६ हजार रुपैयाँ सम्म हुनेछ ।
नयाँ क्रेटा १.५ ईको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ छ । हाल नेपाली बजारमा उपलब्ध यही मोडलको मूल्य ५४ लाख ५६ हजार रुपैयाँ छ । यस अनुसार बेस मोडलको मूल्यमा १ लाख ४० हजार रुपैयाँ फरक हुनेछ ।
भन्सार प्रयोजनका लागि सार्वजनिक भए पनि यसको मूल्य लगभग यही नै अन्तिम हुने अनुमान गर्न सकिन्छ । केही दिन भित्रै सो गाडीको बिक्री हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले आधिकारिक रुपमा यसको जानकारी भने सार्वजनिक गरेको छैन ।
यद्यपि पहिलेको मोडल भन्दा नयाँ मोडलमा धेरै फिचर अपडेट गरिएको छ । २०२४ हुन्डाई क्रेटाको अगाडिको ग्रिल अपडेट गरिएको छ, साथै डीआरएल र स्किड प्लेट पनि समावेश गरेको छ । सो एसयूभीको अलोय ह्विल, पछाडि स्ट्रेच्ड एलईडी लाइट र टेल लाइट पनि अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि र पछाडि टर्न इन्डिकेटर पनि जडान गरिएको छ ।
सेफ्टीका लागि सो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल समावेश छ । इन्टेरियरमा इन्फोटेनमेन्ट सिस्टमका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्विन १०.२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी पनि समावेश छ ।
हुन्डाईले ‘एएक्स१’ कोडनेम दिएर विकास गरिरहेको सबैभन्दा सानो एसयूभीको नाम...
काठमाडौं – नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ टुसान सार्वजनिक...
हुन्डाई मोटर्सले २०२२ मा एसयूभी सेगमेन्टको ५ नयाँ कारहरू लन्च गर्ने भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...