लन्च भयो हुन्डाईको सवैभन्दा सस्तो एसयूभी, यस्तो छ मूल्य र विशेषता
हुन्डाई मोटर इण्डियाले आज आफ्नो सवैभन्दा सस्तो एसयुभी एक्सटर लन्च गरेको छ...
काठमाडौं – केही महिना पहिले भारतमा लन्च भएको हुन्डाई क्रेटा फेसलिफ्ट नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भन्सार प्रयोजनका लागि यसको मूल्य सूची सार्वजनिक गरेको छ ।
क्रेटा फेसलिफ्ट विभिन्न ७ भेरिएन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य ५५ लाख ९६ हजार देखि ८५ लाख ९६ हजार रुपैयाँ सम्म हुनेछ ।
नयाँ क्रेटा १.५ ईको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ छ । हाल नेपाली बजारमा उपलब्ध यही मोडलको मूल्य ५४ लाख ५६ हजार रुपैयाँ छ । यस अनुसार बेस मोडलको मूल्यमा १ लाख ४० हजार रुपैयाँ फरक हुनेछ ।
भन्सार प्रयोजनका लागि सार्वजनिक भए पनि यसको मूल्य लगभग यही नै अन्तिम हुने अनुमान गर्न सकिन्छ । केही दिन भित्रै सो गाडीको बिक्री हुने अनुमान गरिएको छ । यद्यपि कम्पनीले आधिकारिक रुपमा यसको जानकारी भने सार्वजनिक गरेको छैन ।

यद्यपि पहिलेको मोडल भन्दा नयाँ मोडलमा धेरै फिचर अपडेट गरिएको छ । २०२४ हुन्डाई क्रेटाको अगाडिको ग्रिल अपडेट गरिएको छ, साथै डीआरएल र स्किड प्लेट पनि समावेश गरेको छ । सो एसयूभीको अलोय ह्विल, पछाडि स्ट्रेच्ड एलईडी लाइट र टेल लाइट पनि अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि र पछाडि टर्न इन्डिकेटर पनि जडान गरिएको छ ।
सेफ्टीका लागि सो एसयूभीमा ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल समावेश छ । इन्टेरियरमा इन्फोटेनमेन्ट सिस्टमका लागि इन्स्ट्रयुमेन्ट क्लस्टर र ट्विन १०.२५ इन्च स्क्रिनका साथै ड्युअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिट, मल्टी कलर एम्बियन्ट लाइटिङ, बोस साउन्ड सिस्टम, ब्लु लिंक कनेक्टेड कार टेक्नोलोजी पनि समावेश छ ।
हुन्डाई मोटर इण्डियाले आज आफ्नो सवैभन्दा सस्तो एसयुभी एक्सटर लन्च गरेको छ...
काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
हुन्डाईको थ्रीरो एसयूभी प्यालिसेडले सन् २०२६ नर्थ अमेरिकन युटिलिटी भेइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...