क्रेटा ईभीको बुकिङ खुला, नेपाली बजारमा छिट्टै उपलब्ध हुने

आधिकारिक लन्च अगावै हुन्डाईले आफ्नो बहुप्रतिक्षित क्रेटा ईभीको बुकिङ खुला गरेको छ । कम्पनीले तत्कालका लागि आफ्नो वेश भेरिएन्ट ‘एक्ज्युकेटिभ’ को बुकिङ खुला गरेको हो । २५ हजार भारु लिएर डिलरहरुले धमाधम यसको बुकिङ लिन थालेको जनाइएको छ । नयाँ ईभी आगामी जनवरी १७ मा हुने भारत मोबिलिटी एक्सपोमा लन्च गरिँदैछ ।

भारतमा लन्च भएलगत्तै सो नयाँ ईभी नेपाली बजारमा समेत आउनेछ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ महिनाभित्रै क्रेटा ईभी ल्याउने गरी तयारी गरिरहेको छ । नेपाली बजारमा यसको कुन–कुन भेरिएन्ट आउँछ भन्ने विषय हालसम्म खुलाइएको छैन ।

यस्तो छ क्रेटा ईभी
क्रेटा ईभी ४२ र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री विकल्पमा उपलब्ध हुने जनाइएको छ । जसले क्रमशः ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै, लङ रेन्ज भर्सनले ७.९ सेकेन्डमा ०–१०० किमी/घन्टाको गतिमा स्प्रिन्ट गर्न सक्ने दाबी गरेको छ ।

सो नयाँ ईभीको ब्याट्रीलाई फास्ट चार्जर प्रयोग गरेर ५८ मिनेटमा १० देखी ८० प्रतिशत र ११ किलोवाटको स्मार्ट कनेक्टेड वाल बक्स चार्जर प्रयोग गरेर ४ घण्टामा १० देखी १०० प्रतिशत चार्ज गर्न सकिन्छ । भेहिकल टु लोड समेत उपलब्ध यस कारले प्रयोगकर्ताहरूलाई बाह्य उपकरणहरू पावर गर्न सक्षम पार्छ ।

एक्जिक्यूटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स गरी कुल चार भेरिएन्टमा उपलब्ध हुने सो विद्युतीय एसयूभीमा सिफ्ट–बाय–वायर प्रणाली रहेको छ । डिजिटल चाबीका साथ आउने यसले प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोन वा स्मार्टवाच प्रयोग गरेर गाडी लक, अनलक र स्टार्ट गर्न अनुमति दिन्छ ।

क्रेटा ईभीको बाहिरी आवरण रेगुलर क्रेटाको जस्तै हुनेछ । यसमा ठाडो स्ट्याक गरिएको हेडल्याम्प, एल–आकारको एलईडी डिआरएल तथा टेललाइट र दुबै छेउमा एलईडी लाइट बार राखिएका छन् । कार कम रोलिङ प्रतिरोधी टायरको साथ एरो–अप्टिमाइज्ड १७ इन्च डुअल–टोन एलोय ह्वीलमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

अप्रिलमा क्रेटा सर्वाधिक बिक्री हुने कार बन्न सफल, शीर्ष १० मा मारुती सुजुकीको दबदबा कायम

हुन्डाई क्रेटा सबैभन्दा लोकप्रिय एसयूभी मध्ये एक हो । अप्रिलमा सो एसयूभी...

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...

हुन्डाई गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, तीन गुणासम्म नयाँ वर्ष बोनस

हुन्डाई गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, तीन गुणासम्म नयाँ वर्ष बोनस

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...