हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा प्रवेश गर्ने योजना बनाएको छ । दुवै कम्पनीले भारतीय बजारका लागि संयुक्त रुपमा विद्युतीय ३ पाङ्ग्रे सवारीसाधन विकास गर्न वार्ता गरिरहेको बताइएको छ ।

साझेदारीको सही विवरण बाहिर नआए पनि, हुन्डाईले नयाँ इलेक्ट्रिक थ्री–ह्विलरको डिजाइन र इन्जिनियर गर्ने सम्भावना छ भने टीभीएसले यसलाई निर्माण गर्ने रिपोर्टहरु बाहिर आएका छन् । यी दुई कम्पनीले संयुक्त रुपमा विकास गर्ने सो नयाँ सवारीसाधनको कन्सेप्ट आगामी भारत मोबिलिटी एक्सपोमा देख्न सकिने अनुमान गरिएको छ ।

यसअघि, हुन्डाईका कार्यकारी अध्यक्ष चुङ इउई–सनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग मोबिलिटीको भविष्य र भारत र हुन्डाई मोटर समूहले मोबिलिटी उद्योगको विकास गर्न नजिकबाट काम गर्न सक्ने तरिकाहरूबारे छलफल गरेका थिए ।

भारतमा इलेक्ट्रिक थ्री–ह्विलर सेग्मेन्ट द्रुत गतिमा बढिरहेको छ । गत वर्ष यी साधन ६ लाख ५० हजार बढी युनिट बिक्री हुँदा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बृद्धि हाँसिल गरेको थियो । भएको थियो ।

सम्बन्धित समाचारहरू

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

गाडी आयातमा कडाई : अब एलसी खोल्दा ५० प्रतिशत मार्जिन अनिवार्य

काठमाडौं – सवारी साधन आयातका लागि आयातकर्ता कम्पनीहरुले एलसी खोल्दा...

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

नयाँ कलर अप्सन र ६ ड्राइभिङ मोड सहित हुन्डाई भेन्युको नयाँ मोडल लन्च

हुन्डाईले आफ्नो लोकप्रिय मिनी एसयूभी भेन्युको नयाँ मोडल लन्च गरेको छ ।...

चर्चित गायक प्रकाश सपुतले किने हुन्डाई क्रेटा, सामाजिक सञ्जालमा चर्चा

चर्चित गायक प्रकाश सपुतले किने हुन्डाई क्रेटा, सामाजिक सञ्जालमा चर्चा

काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा चर्चामा रहेका गायक प्रकाश सपुतले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...