नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
हुन्डाई मोटर इन्डियाले जनरल मोटर्सको तलेगाउँ प्लान्ट खरिद गरेको छ । सरकारी अधिकारी र सरोकारवालाबाट नियामक स्वीकृति लिएर र केही सर्तहरू पूरा गरेपछि अटोमेकरले अधिग्रहण पूरा गरेको बताएको छ ।
हुन्डाई र महाराष्ट्र सरकारले जनवरी १८, २०२४ मा डाभोसमा एक समझदारी पत्रमा हस्ताक्षर गरे । कम्पनीले यहाँ ६० अर्ब भारु लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
हुन्डाई मोटर इण्डिया लिमिटेडका एमडी र सीईओ अन सु किमले तालेगाउँ निर्माण प्लान्टले एचएमआईएलमा १० लाख वार्षिक उत्पादन क्षमताको माइलस्टोन हासिल गर्न उत्प्रेरक भूमिका खेल्ने जानकारी दिएका छन् ।
तालेगाउँ प्लान्टको अधिग्रहणले भारतलाई मेक–इन–इन्डियाको हब बनाएर विश्वका लागि उन्नत स्मार्ट मोबिलिटी सोलुसनप्रति प्रतिबद्धता बनाउनेमा विश्वास व्यक्त गरेको छ । कम्पनीले सन् २०२५ देखि तालेगाउँ, महाराष्ट्रमा काम सुरु हुनेछ ।
तालेगाउँ प्लान्टको हाल प्रतिवर्ष १ लाख ३० हजार युनिटको उत्पादन क्षमता छ । हुन्डाईको विश्वव्यापी परिचालन र उत्पादन मापदण्डमा यो सुविधा ल्याउने कम्पनीले जनाएको छ ।
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...
हुन्डाईले फेस्टिभ सिजनको अवसरमा आफ्नो् कम्प्याक्ट सेडान औरालाई अपडेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...