भारतमा हाइब्रिड कारको बिक्री ११८ प्रतिशतले बढ्यो, ८१ प्रतिशत हिस्सा सहित टोयोटा अग्र स्थानमा

भारतमा हाइब्रिड कारको बिक्री उच्च दरले बढेको छ । हाइब्रिड कारको बिक्री आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासिकमा दोब्बरभन्दा बढीले बृद्धि भएको हो ।

वाहन पोर्टलमा प्रकाशित तथ्याङ्क अनुसार, अप्रिल र जुन २०२५ को बीचमा २६ हजार ४६० हाइब्रिड सवारी साधनहरू बिक्री भएका थिए, जुन गत वर्षको सोही अवधिको तुलनामा ११८ प्रतिशतले बढी हो ।

सो अबधीमा टोयोटाले २१ हजार २४९ यूनिट कार बिक्री गरेर सुचीको शीर्ष स्थान हाँसिल गरेको छ भने मारुति सुजुकीले ४ हजार ७४५ हाइब्रिड सवारी साधनहरू बिक्री गरेको छ । त्यसैगरी, होन्डाले २२६ यूनिट बिक्री गर्न सफल भयो । सुजुकी र होन्डाको बिक्री समेत गत वर्षको सोही अवधीको तुलनमा क्रमशः २६३ र २८३ प्रतिशतले बृद्धि भएको हो ।

हाईब्रिड कारको बजामा ८१ प्रतिशत हिस्स सहित टोयोटा स्ट्रङ–हाइब्रिड सेग्मेन्टमा अग्रणी छ भने मारुति र होन्डाको बजार हिस्सा क्रमशः १८ र १ प्रतिशत छ ।

टोयोटाले हाल भारतमा नोभा हाइक्रस, अर्बन क्रूजर हाइराइडर, भेलफायर र क्यामरी गरी कुल चारवटा मोडलका हाइब्रिड कार बिक्री गर्दै आएको छ । मारुति सुजुकीसंग ग्रान्ड भिटारा र इन्भिक्टो उपलब्ध छ भने होन्डाले सिटी ईःएचईभी उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

टोयोटा गाडी किन्न गरिमा विकास बैंकले आधार दरमै कर्जा दिने

काठमाडौं – गरिमा विकास बैंक लिमिटेड र नेपालका लागि टोयोटा गाडीको...

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

टोयोटाले ल्यायो नयाँ एमपीभी रुमियन

टोयोटाले ल्यायो नयाँ एमपीभी रुमियन

टोयोटाले भारतीय बजारमा नयाँ रुमियन एमपीभी लन्च गरेको छ । कम्पनीले सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...