पोखरा थन्डर्सलाई लक्ष्मी हुन्डाईको साथ, बन्यो प्लाटिनम स्पोन्सर
काठमाडौँ – नेपालको लागि हुन्डार्ई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी...
हुन्डाईले क्रेटा र अल्काजारको एड्भेन्चर एडिशन भारतीय बजारमा लन्च गरिएको छ । सो दुवै कार निकै आकर्षक पेन्टको विकल्प र इन्टेरियर डिजाइनसहित लन्च गरेको छ ।
हुन्डाई अल्काजर र क्रेटा एडभेन्चर एडिसनमा नयाँ खाकी रङमा ल्याएको छ । साथै ग्रिल, स्किड प्लेट, साइड सिल्स, रूफ रेल, शार्क फिन एन्टेना, ओआरवीएम र अलोय ह्विलमा कालो रङको एलिमेन्ट रहेको छ । क्रेटा र अल्काजार ब्रान्डिङका लागि डार्क क्रोम फिनिशको प्रयोग गरिएको छ ।
एसयूभीको इन्टेरियरमा कालो इन्टेरियर थिम, सेज ग्रीन इन्सर्ट, नयाँ सिट अपहोल्स्ट्री, ड्युअल क्यामेरासहितको ड्यासक्याम, एडभेन्चर–स्पेक म्याट र मेटल प्याडल छ । क्रेटा एड्भेन्चर एडिशन ६ रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अल्काजार एड्भेन्चर एडिशनमा ४ मोनोटोन रङ र ३ वटा ड्युअल टोन रङमा उपलब्ध छ । अल्काजार एड्भेन्चर एडिशनमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन जडान गरिएको छ, जसलाई ६ स्पिड म्यानुअल युनिट, ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक युनिट र सिग्नेचर र प्लेटिनम ट्रिम्समा ७ स्पिड डीसीटी युनिटसँग जडान गरिएको छ ।
क्रेटा एड्भेन्चर एडिशनमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन छ । यसको एसएक्स ट्रिममा ६ स्पिड म्यानुअल युनिट र एसएक्स ओ ट्रिममा आईभीटी गियरबक्स उपलब्ध छ ।
काठमाडौँ – नेपालको लागि हुन्डार्ई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी...
काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...
हालै हुन्डाईले अटो एक्सपो २०२५ मा आफ्नो लोकप्रिय क्रेटा एसयूभीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...