नाडा अटो शो २०२५ को मुख्य आकर्षण : उड्ने कार
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२५ को...
काठमाडौं – पुस ८ र ९ गते चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा नाडाका पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एसोसिएसनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रीय कार्य समितिको सहभागितामा अटोमोबाइलको वर्तमान परिस्थिति सम्बन्धमा दुई दिने वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ ।
सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एसोसिएसनहरु बीच नेपालको समग्र अटोमोबाइल क्षेत्रले वर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एलसी मार्जिनका विषयको सम्बन्धमा अटोमोबाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफलगरी आवश्यक निर्णय गर्र्ने नाडाले बताएको छ ।
नाडाले मिति २०७९ मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मंसिर २२ गते काठमाडौ लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोबाइल व्यवसायीहरु धमाधम पलायन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्ष निकाल्ने व्यापक छलफल हुने बताउँदै आएका छन् ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोबाइल क्षेत्रका सम्बन्धमा प्रस्तुतिकरण गर्नेछन् ।
सोही क्रममा नाडाका पूर्व अध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दे सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम सम्पन्न हुनु भन्दा अघि नाडाको १३औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने नाडाले जनाएको छ ।
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२५ को...
पाेखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल...
नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...