नयाँ मोडलको इलेक्ट्रिक स्कुटर ‘इपक’ भित्र्याउँदै याडिया नेपाल
काठमाडौं – नेपाली बजारमा याडियाका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण...
नेपाली इभी बजारमा अर्को नयाँ व्राण्डको मिनी कार भित्रिएको छ । चीनको जीयाङ्सु ह्वाजी अटोले उत्पादन गरेको ‘आमाई’ मिनी कारलाई सिजी मोटर्सले नेपाल ल्याएको हो । सिजी मोटर्सले हाल नेटा भी इलेक्ट्रिक कारलाई आयत गरी विक्रीवितरण गर्दै आइरहेको छ ।
फोर ह्विल ड्राइभको यो सानो इलेक्ट्रिक कारको विक्री अवको केही समयपछि शुरु हुने कम्पनी स्रोतको भनाई छ । यो सिटी कारको अगाडी र पछाडी दुवै भागमा मोटर जडान गरिएको छ । जसको संयुक्त पावर २४ २५ किलोवाट रहेको दावी छ ।
कारमा १८.४३ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । जसलाई एकपटक फूल चार्ज गर्दा २०० किलोमिटर वढी रेन्ज प्राप्त गर्न सकिने दावी गरिएको छ । यो कारलाई १०० किलोमिटर प्रति घन्टाको उच्च गतिमा गुडाउन सकिन्छ । यसको ग्राउन्ड क्लिरियन्स १८० एमएम रहेको छ ।
आकर्षक रेट्रो डिजाइनमा तयार पारिएको यो कारमा गोलाकार क्रिस्टल प्रोजेक्सन हेडलाइट जडान गरिएको छ । कारमा म्यूजिक सिस्टम, एयर कन्डिसन, व्लुटुथ कनेक्टिभिटी, ९ इन्चको डिजिटल सेन्ट्रल कन्सोल र एयर व्याग लगायत अन्य थुप्रै फिचर दिइएको छ ।
सिजी मोटर्सले यसको वेस भेरियन्टलाई २० लाख रुपैयाँमै उपलब्ध गराउने बताउँदै आएको थियो । तर तत्कालका लागि फुल अप्सनबाट विक्री शुरु गर्न लागिएको कारण यसको मूल्य नेपाली बजारमा २४ लाख हाराहारी पर्ने वताइएको छ ।
काठमाडौं – नेपाली बजारमा याडियाका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण...
काठमाडौं– नेपाली बजारमा पछिल्लो समय चीनबाट आयत हुने ईलेक्ट्रिक कारको...
केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...