हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?
पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...
चिनियाँ टेक्नोलोजी जायन्ट हुवावेले आफ्नो ड्राइभर असिस्टेन्स सिष्टम क्विनकुन एडीएसलाई सन् २०२५ भित्रै ८० भन्दा बढी सवारी साधनका विभिन्न मोडलमा विस्तार गर्ने लक्ष्य लिएको छ। गत नोभेम्बरसम्म करिब ३० मोडलमा मात्र प्रयोग हुँदै आएको यो प्रविधि अब चिनियाँ अटोमोबाइल बजारमा तीव्र गतिमा फैलिँदै गएको छ।
हुवावेका अनुसार, क्विनकुन एडीएस जडित सवारीसाधनको कुल बिक्री सन् २०२६ को अन्त्यसम्म ३० लाख युनिट पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो।
क्विनकुन एडीएस हुवावेले अटो निर्माताहरूसँग सहकार्यमा विकास गरेको ड्राइभर–असिस्ट प्रणाली हो। यसले निश्चित अवस्थाहरूमा गाडीलाई आफैं गति बढाउने, ब्रेक लगाउने, मोडिने लगायतका ड्राइभिङ कार्यहरू गर्न सक्षम बनाउँछ। हुवावेले यो प्रविधि आफ्नै सहकार्यमा विकास गरिएका ब्रान्डहरूमा प्रयोग गर्नुका साथै अन्य अटो कम्पनीहरूलाई पनि आपूर्ति गर्दै आएको छ।
हुवावे र चिनियाँ घरेलु अटो निर्माताबीचको सहकार्यबाट सन् २०२६ मा कम्तीमा १२ नयाँ सवारी मोडल सार्वजनिक हुने अपेक्षा गरिएको छ। विद्यमान मोडलका रिडिजाइन संस्करणहरू समेत समेट्दा यो संख्या करिब २० पुग्ने बताइएको छ। साथै, ग्वाङझाउ अटोमोबाइल ग्रुप र डोङफेङ मोटर ग्रुप जस्ता ठूला सरकारी स्वामित्वका अटो कम्पनीसँग सहकार्यमा लन्च हुने ब्रान्डहरूमा पनि क्विनकुन एडीएसजडान गरिनेछ।
कम्पनीले ब्रान्ड साझेदारबाहेकका अटो निर्माताहरूसँग पनि सहकार्य विस्तार गर्दैछ। सन् २०२६ देखि एसएआईसी–जीएम–वुलिङले नयाँ एसयूभी मोडलमा यो प्रविधि प्रयोग गर्ने जनाएको छ भने एफएडब्लु ग्रुपले आफ्नो प्रिमियम ब्रान्ड होङकीमा क्विनकुन एडीएस अपनाउने भएको छ। यी दुवै कम्पनीका लागि यो प्रणाली पहिलो पटक प्रयोग हुने हो।
हालसम्म अटो–पाइलट र ड्राइभर–असिस्ट प्रविधि मुख्यतया महँगा सवारीमा सीमित रहँदै आएको थियो। तर, हुवावेले कम लागतको ड्राइभर–असिस्ट सिस्टम विकास गर्ने तयारी गरेको छ, जुन करिब १ लाख ५० हजार युआन मूल्यका आम बजार लक्षित सवारीहरूका लागि उपयुक्त हुने बताइएको छ।
अमेरिकी सरकारका प्रतिबन्धपछि मोबाइल कम्युनिकेसन व्यवसायमा आएको दबाबसँगै हुवावेले अटोमोटिभ प्रविधिमा आफ्नो उपस्थिति तीव्र रूपमा बढाएको छ। सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म चीनमा बाह्य ड्राइभर–असिस्ट प्रविधि आपूर्तिकर्तामध्ये हुवावेको बजार हिस्सा करिब २० प्रतिशत रहेको छ। यस सूचीमा मोमेन्टा करिब ६० प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा रहेको छ।
क्विनकुन एडीएसको तीव्र विस्तारसँगै हुवावे चीनको स्मार्ट सवारी र अटोमोटिभ प्रविधि क्षेत्रमा एक प्रमुख खेलाडीका रूपमा स्थापित हुँदै गएको विश्लेषकहरूले बताएका छन्।
पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...
चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट...
अटो उद्योग विस्तारै विद्युतीयतिर ढल्किदैछ । विश्वमा विद्युतीय सवारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...