चिसो मौसममा बाइकलाई यसरी हेरचाह गर्नुहोस्, यात्रा सुरक्षित र सहज बनाउनुहोस्

जाडोको मौसम मोटरसाइकल चालकका लागि चुनौतीको समय हो । तापक्रम घट्दै जाँदा चिसो हावा र कुहिरोले सवारी चलाउन कठिन बनाउन सक्छ । यद्यपि, चिसो मौसममा केही आवश्यक तयारी गरेमा सवारीलाई सहज, सुरक्षित र टिकाउ बनाउन सक्छ । साथै आधारभूत मर्मत र निरीक्षण गरियो भने बाइकलाई राम्रो माइलेज, स्थिर प्रदर्शन र झन्झट रहित बनाउन सकिन्छ ।

चिसोमा सबैभन्दा पहिले इन्जिन आयल र फिल्टर परिवर्तन गर्नुपर्छ । चिसोमा तेल बाक्लो हुने भएकाले सही चिपचिपाहट भएको पातलो र ताजा इन्जिन आयलले इन्जिनलाई छिटो तात्न मद्दत गर्छ । पुरानो तेल समयमै नबदले बिहान बाइक स्टार्ट गर्न कठिन हुन सक्छ । त्यसैगरी, समयमै आयल फिल्टर परिवर्तन गर्नुपर्छ ।

त्यसपछि ब्याट्रीको जाँच अत्यावश्यक छ । जाडोमा ब्याट्रीको क्षमता सामान्यतया घट्ने भएकाले यसलाई पूर्ण रूपमा चार्ज राख्नु, टर्मिनलहरू सफा गर्नु र क्षय हुन नदिन हल्का ग्रीज वा भ्यासलीन लगाउनु उचित हुन्छ । कमजोर ब्याट्रीकै कारण धेरै चिसोमा बाइक स्टार्ट गर्न गाह्रो हुन्छ ।

टायरसम्बन्धी हेरचाह पनि जाडोमा बढी महत्त्वपूर्ण हुन्छ। चिसो हावाले टायरको हावा चाप घटाउँछ, जसले माइलेज र ग्रिप दुवैमा नकारात्मक असर पार्न सक्छ। टायरमा उचित चाप कायम राख्नु र टायरको ट्रेड डेप्थ पर्याप्त छ कि छैन भन्ने निरीक्षण गर्नुपर्छ । ओसिलो र चिप्लो सडकमा राम्रो ग्रिपले दुर्घटना जोखिम घटाउँछ।

ब्रेक सिस्टम पनि चिसोले प्रभावित हुने संवेदनशील घटक हो । ब्रेक केबल वा ब्रेक फ्लुइड चिसोमा गाढा वा ढिलो हुन सक्छ, जसले ब्रेक प्रतिक्रिया कम गरिदिन्छ। यसैले ब्रेक प्याड, ब्रेक फ्लुइड र केबलको पूर्ण निरीक्षण र आवश्यकता अनुसार सर्भिसिङ अनिवार्य छ ।

बढ्दो तुवाँलाे र चाँडो अँध्याराले जाडोमा प्रकाशको आवश्यकता झनै महत्त्वपूर्ण बनाउँछ। हेडलाइट, टेललाइट र इन्डिकेटर र हर्नको चेक गर्नुपर्छ ।

ओसिलो मौसममा चेनमा खिया लाग्ने सम्भावना बढ्ने हुनाले चेनलाई नियमित रूपमा सफा र लुब्रिकेट गर्नु अर्को आवश्यक तयारी हो। यसले चेनको आयु मात्र बढाउँदैन, बाइकको पावर डेलिभरी पनि सहज बनाउँछ।

पुरानो वा फोहोर स्पार्क प्लगले चिसोमा इन्जिन स्टार्ट गर्न कठिनाइ हुन्छ ।  आवश्यकता अनुसार स्पार्क प्लग बदल्दा इग्निशन सहज हुन्छ र बाइकको प्रदर्शन स्थिर रहन्छ।

अन्त्यमा, इन्धन ट्याङ्की सधैं धेरैजसो भरिएको राख्नु उपयुक्त हुन्छ। खाली ट्याङ्कीमा ओसिलोपन जम्मा भएर खिया लाग्ने जोखिम जाडोमा बढी हुन्छ। भरिएको ट्याङ्कीले यी समस्याबाट जोगाउन मदत गर्छ ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा घुमघामः कर्णालीमा कहाँ घुम्ने ?

नयाँ वर्षमा घुमघामः कर्णालीमा कहाँ घुम्ने ?

सुर्खेत । नयाँ वर्ष २०८२ भित्रिएको छ । नयाँ वर्षमा कतै नयाँ ठाउँमा घुम्ने...

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

अटोमोटिभ सुरक्षा कम्पनी अटोलिभ र प्रविधि कम्पनी टेन्सरले मिलेर संसारको...

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

काठमाडौं – लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबीच...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...