सिएटिएल र स्टेललान्टिस मिलेर युरोपमा विशाल ब्याट्री प्लान्ट बनाउँदै, ४ अर्ब ३० करोड डलर खर्च गर्ने
काठमाडौं– विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री निर्माता सिएटिएल र युरोपको...
चिसो मौसममा कारको ब्याट्री चाँडै खेर जाने वा बिग्रने सम्भावना बढी हुन्छ । तापक्रम घट्दै जाँदा ब्याट्रीको क्षमता पनि कम हुँदै जान्छ, जसका कारण गाडी स्टार्ट गर्न समस्या हुन थाल्छ । यस्ता समस्याबाट बच्न केही सजिलो उपाय अपनाउँदा चिसोमा पनि आफ्नो कारको ब्याट्रीलाई सुरक्षित राख्न सकिन्छ ।
नियमित मर्मत सम्भार : जाडोमा ब्याट्रीको परफर्मेन्स राम्रो बनाइ राख्नका लागि यसको उचित हेरचाह गर्नु अति आवश्यक छ । यसको लागि सबैभन्दा पहिले ब्याट्रीको टर्मिनलमा कुनै प्रकारको खिया लागेको छ कि छैन भनी जाँच गर्नुहोस् । यदि खिया लागेको छ भने बेकिङ सोडा र पानीले यसलाई सफा गर्नुहोस् । यसले ब्याट्रीको पावर बढाउनुका साथै परफर्मेन्स पनि राम्रो बनाउँछ ।
कारको ब्याट्री वार्मर : चिसो मौसममा कारमा सधैँ ब्याट्री वार्मर साथमा राख्नुपर्छ । यसले ब्याट्रीलाई चिसो हुँदा सजिलै वार्म बनाउन मद्दत गर्छ, जसले गर्दा ब्याट्री छिट्टै खराब हुँदैन।
छोटो दूरीको यात्रा नगर्नु : कारबाट छोटो दूरीको यात्रा गर्दा कारलाई बारम्बार स्टार्ट गर्नुपर्ने हुन्छ, यसले ब्याट्री चाँडै खेर जान सक्छ । जसका कारण छोटो यात्रामा ब्याट्री फुल चार्ज हुने समय हुँदैन । त्यसैले सकेसम्म लामो दूरीको यात्रा गर्नुपर्दा मात्र कारको प्रयोग गर्ने प्रयास गर्नुहोस्।
अनावश्यक इलेक्ट्रोनिक सिस्टम बन्द राख्नुहोस् : कारमा लाइट, हिटर र इन्फोटेन्मेन्ट सिस्टम जस्ता धेरै इलेक्ट्रोनिक सिस्टम उपलब्ध हुन्छ । यस्ता सिस्टम सबै सक्रिय हुँदा यसले अनावश्यक रूपमा ब्याट्री पावर खपत गरिरहेको हुन्छ । त्यसैले कार स्विच अफ गर्दा यी सबै सिस्टम पनि अफ गर्ने बानी बसाल्नु पर्छ । यसले ब्याट्रीमा दबाब पर्दैन र यसको आयु पनि बढाउँछ ।
सिन्थेटिक आयल प्रयोग गर्नुहोस् : सिन्थेटिक आयल चिसो मौसममा कार इन्जिनका लागि राम्रो मानिन्छ किनभने यो सजिलै बग्छ। जसका कारण चिसो मौसममा इन्जिन छिट्टै स्टार्ट गर्न पनि मद्दत गर्छ । यसले ब्याट्रीमा दबाब पनि कम गर्छ र यसले ब्याट्रीको आयु पनि बढाउँछ ।
काठमाडौं– विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री निर्माता सिएटिएल र युरोपको...
टोयोटाले आगामी पुस्ताको इलेक्ट्रिक सवारी साधनका लागि सोलिड स्टेट...
विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटिएलले उच्च–घनत्व...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...