तपाईको स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी हेर्नुस्

अहिले स्मार्ट ड्राइभिङ लाइसेन्सको चर्चा धेरै छ । तर पनि समयमै पाइदैन । लामो समय यसका लागि पर्खिनु पर्ने अवस्था पनि छ ।

कार्ड नवीकरण गर्दा वा ट्रायल पास गरेको अवस्थामा स्मार्ट कार्ड पाइन्छ । विभिन्न यातायात व्यवस्था कार्यालयहरुले सेवाग्राहीका लागि आफ्नो स्मार्ट कार्ड प्रिन्ट भए नभएको थाहा पाउने व्यवस्थाका लागि विभिन्न प्रविधिको व्यवस्था गरेका छन् ।

ललितपुरको एकान्त कुनास्थित यातायात व्यवस्था कार्यालयले प्रिन्ट भएर कार्यालयमा प्राप्त भैसकेका स्मार्ट कार्डको वितरण आइतबारदेखि शुक्रबार हरेक दिन बिहान ८ बजेबाटै गरिरहेको बताएको छ । आफ्नो स्मार्ट कार्ड छापिएको अवस्थामा बिहानै आएर कार्ड संकलन गरि लाभ लिनु समेत कार्यालयले सबै सेवाग्राहीमलाई अनुरोध गरेको छ ।

आफ्ना कार्ड प्रिन्ट भएको नभएको जानकारी लिनका लागि http://ekantakunalicense.bagamati.gov.np/license-status मा क्लिक गरी निर्देशन अनुसार गर्न सकिन्छ ।

त्यसैगरी स्मार्ट ड्राइभिङ लाइसेन्स तयार भए वा नभएको थाहा पाउनका लागि अंग्रेजी ठूलो अक्षरमा एलसी लेखी आवेदन दिँदाको दर्ता नम्बर लेखेर ३१००३ मा एसएमएस गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुनै पनि सवारी साधन चालकले वार्षिक रुपमा सरकारलाई कर तिर्नु पर्छ । हाल...

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

लाइसेन्स छपाई पुनः सुचारु, मन्त्रीले गरे उद्घाटन

काठमाडौँ–सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी चालक अनुमति...

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने, ७७ करोड थप खर्च लाग्ने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने, ७७ करोड थप खर्च लाग्ने

देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्लेट लेख्न सकिने निर्माण कम्पनी टाइगर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...