सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...
नेपालमा दुई पांग्रे र हलुका चार पांग्रे सवारी साधनको लाइसेन्स लिनका लागि सहज छ । विभिन्न स्थानमा रहेका ड्राइभिङ सेन्टरहरुमा पुगेर सिक्न र त्यही स्थानमा लाइसेन्स ट्रायलका लागि अभ्यास गर्न पनि पाइन्छ । तर बस, मिनीबस लगायतका हेभी सवारी साधनको लाइसेन्स लिन भने त्यति सहज छैन ।
यद्यपि विभिन्न स्थानमा रहेका सडकहरुमा सुरक्षित स्थान खोजेर सह–चालक वा अन्य इच्छुकहरुले अन्यबाट यस्ता हेभी/मिनी सवारी साधन चलाउन सिकिरहेका हुन्छन् । तर पनि लाइसेन्स लिन र यसको लागि आवश्यक प्रक्रिया अपनाउन भने अरु जस्तो सहज छैन ।
चार पांग्रे हलुका सवारी साधनको लाइसेन्स लिएको २ वर्ष पछि मात्र बस, मिनीबस जस्ता हेभी मिनी सवारी साधनको लाइसेन्सका लागि आवेदन दिन सकिन्छ ।
काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा दुई पांग्रे र हलुका चार पांग्रे सवारी साधनको लाइसेन्स लिनका लागि यी सवारी साधन चलाउन सिकाउने प्रशिक्षक प्रशस्तै पाइन्छन् । तर हेभी मिनीका प्रशिक्षक भने कमै पाइन्छन् । त्यसैगरी यस्ता सवारी साधन चलाउनका लागि अभ्यास गर्ने ड्राइभिङ सेन्टर पनि कमै मात्र छन् ।
काठमाडौं उपत्यकाको हकमा यस्ता सवारी साधनका लागि लाइसेन्स उपलब्ध गराउनका लागि यातायात व्यवस्था विभागले तोकेका ट्रायल सेन्टर दुई स्थानमा मात्र छन् । यस्ता गाडी चलाउन सिकेका इच्छुकहरुले प्रि–टेस्ट अर्थात अभ्यासका लागि केही घण्टाको कोर्स भने यी दुई स्थानमा लिएको पाइन्छ ।
यातायात कार्यालय, एकान्तकुनाले नजिकै रहेको सुजुकी ड्राइभिङ सेन्टरमा र यातायात कार्यालय, सानो भ-याङले गुर्जधारास्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा यसका लागि ट्रायल लिने गरेको छ । यी स्थानमा लिने ट्रायलमा पास भएका परीक्षार्थीले हेभी/मिनीको लाइसेन्स पाउन सक्छन् ।
यो भन्दा पहिले गाडी चलाउनका लागि अभ्यास गर्ने र आफूलाई लाइसेन्स लिन सक्छु भन्ने विश्वस्त लागेमा यी दुई कार्यालयमा आवेदन दिन सकिन्छ ।
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...
काठमाडौं – आगामी जेठ १ गते पश्चात सवारी लाइसेन्स सहज तरिकाले पाइने भएको छ ।...
काठमाडौं – आज देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...