जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी
काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...
भारतमा नयाँ पुस्ताको भेन्युको परीक्षण सुरु भएको छ । नयाँ पुस्ताको हुन्डाई भेन्यु सब-कम्प्याक्ट एसयूभी यस वर्षको अन्त्यसम्ममा लन्च हुने अपेक्षा गरिएको छ। यसअघि, नयाँ भेन्यु परीक्षणको क्रममा सडकमा देखिएको थियो । सो एसयूभीमा केही परिवर्तन गरिनेछ । अपडेट गरिएको एसयूभीको बाहिरी डिजाइन र क्याबिन भित्र पनि परिवर्तन हुनेछ ।
यसले सब-कम्प्याक्ट एसयूभी खण्डमा आफ्ना प्रतिस्पर्धीलाई कडा प्रतिस्पर्धा दिनेछ। टाटा, मारुती, रेनो, निसान, महिन्द्रा र स्कोडा जस्ता कम्पनीले पनि यस खण्डमा आफ्ना कार लन्च गरिरहेको छ । सो कारले टाटाको नेक्सन, मारुतीको ब्रेजा, स्कोडाको काइलक, महिन्द्राको थ्री एक्सओ, रेनो काइगर र निसानको म्याग्नाइटलाई कडा प्रतिस्पर्धा दिनेछ।
नयाँ पुस्ताको हुन्डाई भेन्युमा पुन: डिजाइन गरिएको होरिजेन्टल टेललाइट र स्टिल ह्विलका लागि नयाँ ह्विल कभर हुनेछ । यसमा हेडल्याम्पको साथमा एलईडी प्रोजेक्टर युनिट र इन्टिग्रेट एलईडी डेटाइम रनिङ लाइट पनि हुने सम्भावना छ। साथै यसमा नयाँ रेडिएटर ग्रिल, परिमार्जित फ्रन्ट र रियर बम्पर, नयाँ डिजाइन गरिएको अलोय ह्विल र परिमार्जित टेलगेट पनि हुनेछ ।
नयाँ पुस्ताको हुन्डाई भेन्युको क्याबिन भित्र पनि धेरै परिवर्तन हुने सम्भावना छ । यसमा नयाँ ड्यासबोर्ड लेआउट देखिनेछ । यसबाहेक ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र नयाँ अपहोल्स्ट्री जस्ता फिचर पनि हुनेछ ।
पावरट्रेनको लागि यसमा उही १.२-लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिन हुनेछ । ट्रान्समिसन विकल्पमा ५ स्पिड म्यानुअल गियरबक्स, ६ स्पिड म्यानुअल युनिट, ७ स्पिड डीसीटी र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक युनिट समावेश हुनेछ।
काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...
काठमाडौं–बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले धमाधम गाडीको...
हुन्डाईले सियोल मोबिलिटी शोमा आफ्नो नयाँ हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...