लेन किप असिस्ट सिस्टमले कसरी घटाउँछ दुर्घटनाको जोखिम ?

हालैका वर्षहरूमा गाडीमा समावेश हुने प्रविधिहरू तीव्र रुपमा परिवर्तन भैरहेका छन्, जसको मुख्य उद्देश्य चालकको सुरक्षालाई सुनिश्चित गर्नु हो। सोही सन्दर्भमा, लेन किप असिस्ट नामक सुविधा आजकल धेरै नयाँ कारमा दिइन थालिएको छ, जसले चालकलाई आफ्नो लेनमा रहन सहयोग पुर्‍याउँछ। सो सिस्टम एडास अन्तर्गत पर्छ र विशेषगरी लामो दूरीको यात्रामा अत्यन्त उपयोगी सावित हुन्छ।

सडक दुर्घटनाको मुख्य कारणमध्ये एउटा थकान, निद्रा वा अल्छीपन पनि हो, जसका कारण चालकले गाडीको लेन परिवर्तन गर्ने चेतनामा गल्ती गर्न सक्छ। यस्तो अवस्थामा, लेन किप असिस्ट सिस्टमले चालकलाई चेतावनी दिने वा सिधै स्टेयरिङ सम्हालेर गाडीलाई सही लेनमा फिर्ता ल्याउने काम गर्छ। यसले साइड टक्कर, सडकबाट गाडी छुट्टिने वा अगाडिको ट्राफिकसँग ठोक्किने सम्भावना घटाउँछ।

सो सिस्टमले गाडीमा जडित क्यामेरा र सेन्सरको माध्यमबाट सडकमा रहेका लेन चिन्ह पत्ता लगाउँछ। जब गाडी अनायासै आफ्नो लेनबाट भड्किन्छ, सिस्टम सक्रिय भएर स्टेयरिङमा सुधार गर्छ वा आवश्यक परेमा ब्रेक लगाएर गाडीलाई पुनः केन्द्रमा ल्याउँछ।

लेन किप असिस्ट सिस्टमले चालकको थकान घटाउनेमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। लामो यात्रामा लगातार स्टेयरिङ नियन्त्रणमा राख्नुपर्ने अवस्थाले तनाव बढाउँछ। तर यस सिस्टमको सहयोगले गाडीको दिशा नियन्त्रण सजिलो हुन्छ, जसले ड्राइभिङ अनुभवलाई सहज, सुरक्षित र आरामदायक बनाउँछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...