सन्तबहादुर र सुधीर बने हट एयर बलुनको नेपालकै पहिलो प्राविधिक 

नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधिर श्रेष्ठले हट एयर बलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका हुन् । 

सन्तबहादुर लामिछाने रिक्रिएसनल एयरक्राफ्टस अल्ट्रालाइट, जायरोकप्टरका पाइलट पनि हुन् । उनी नेपालकै पहिलो एयरक्राफ्ट इन्जिनियर हुन् र नेपालमै पढेका पहिलो अल्ट्रालाइट पाइलट पनि हुन् । एयरक्राफ्ट बनाउनका लागि तोकेको मापदण्डका आधारमा परीक्षा उत्तीर्ण गरेपछि उनले २००६ देखि प्राविधिक र पाइलटको रुपमा काम गर्दै आएका थिए । लामिछाने सन् २०१७ देखि नेपालको पहिलो र एकमात्र जायरोकप्टर पाइलट पनि हुन् ।

सुधिर पनि अल्ट्रालाइटका पाइलटसमेत हुन् । उनले पाइलट कोर्स दक्षिण अफ्रिकाबाट गरेर नेपाल आएका थिए । पोखरामा हट एयर बलुन उड्ने भएपछि यही नै प्राविधिक उत्पादन गर्ने उद्देश्यले सन् २०१९ मा बेलायती प्रशिक्षक अलेक्जेन्डर ब्रेनकोर्टले आधारभूत तालिम दिएका थिए । एडभान्स तालिम सन् २०२२ को १० जुनदेखि १६ सम्म लिए र प्राधिकरणको परीक्षा दिएका थिए ।

अहिले नेपालमा हट एयर बलुनको सर्टिफाइड टेक्निकल स्टाफ सुधिर र सन्त मात्रै हुन् । सन् २०१९ मा सरकारले नेपालमै लाइसेन्स दिने नीति बनाएपछि उड्डयन प्राधिकरणले परीक्षाको मापदण्ड तयार गरेको थियो । हट एयर बलुनको प्राविधिककालागि ५ वटा पेपर पास गरेपछि मात्रै प्राधिकरणले अनुमति पत्र दिन्छ । 

'लामिछाने र श्रेष्ठ हट एयर बलुनको प्राविधिक हुनु अघि नेपाली प्राविधिक नभएका कारण सामान्य मर्मतका लागि पनि विदेशी प्राविधिक बोलाउनुपर्ने अवस्था थियो ।' बलुन नेपालका अध्यक्ष बिक्रम बाडे थप्छन् 'समयमै प्राविधिक उपलब्ध नहुँदा एक दुई महिना नै अपरेसन बन्द गर्नु पर्ने अवस्था थियो । अब नेपालमै प्राविधिक भएपछि यस्तो परिस्थिति सिर्जना नहुने अपेक्षा गरिएको छ ।'

सम्बन्धित समाचारहरू

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...

घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी गरेर बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि

घटस्थापनाका दिन १३२ युनिट गाडी डेलिभरी गरेर बीवाईडीले हासिल ग-यो महत्वपूर्ण उपलब्धि

काठमाडौं – विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी...

अब शिक्षक र विद्यार्थीलाई पनि १० हजारमा इलेक्ट्रिक स्कुटर

अब शिक्षक र विद्यार्थीलाई पनि १० हजारमा इलेक्ट्रिक स्कुटर

काठमाडौं – बज्र ग्रुप अन्तर्गत ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...